• ५ जेठ २०८१, शनिबार

देउसी गीत

blog

आएछौँ हामी खेल्नलाई देउसी 

हजुरको आँगन

झिलिमिली बत्ती स्वर्गझैँ घर 

दिन छ पावन 

भन मेरा भाइ हो देउसी रे ।

देउसी रे भन देउसी रे ।      


दिदी र भाइ दाजु र बहिनी 

मिलनको यो पर्व

फुलेको देख्दा मखमली फूल 

लाग्छ नि है गर्व 

भन मेरा भाइ हो देउसी रे ।

देउसी रे भन देउसी रे ।


कागको पूजा, कुकुरको पूजा, लक्ष्मी र गाईको

आउँछिन् दिदी लगाउन टीका 

दाजु र भाइको 

भन मेरा भाइ हो देउसी रे ।

देउसी रे भन देउसी रे ।


नाचेर गायौँ देउसीको गीत 

मन भो चङ्गाझैँ

भुल्ने छैनौँ कहिले पनि

हजुरको मायालाई 

भन मेरा भाइ हो देउसी रे ।

देउसी रे भन देउसी रे । 


साथी र सँगी भेटेछाँै आज 

हजुरको आँगन 

अर्को साल आउँला नाच्दै र गाउँदै

भैलिनी मागन  

भन मेरा भाइ हो देउसी रे ।

देउसी रे भन देउसी रे । 


हजुरको घरमा लक्ष्मीको बास 

दुःखको नाश होस् 

हजुरको पाइला जहाँ चले पनि 

खासमा खास होस् 

भन मेरा भाइ हो देउसी रे ।

देउसी रे भन देउसी रे ।