• ११ मंसिर २०८१, मङ्गलबार

अवैध रुपमा भित्र्याइएका बोइलर कुखुरा बरामद

blog

अवैध रुपमा भारतबाट ल्याइएका बरामद भएका कुखुरा र मोटरसाइकल । तस्बिर : सिराज खान

सिराज खान

नेपालगन्ज, कात्तिक ९ गते। बाँकेको जानकी गाउँपालिका १ स्थित बढैया बिओपिको सशस्त्र प्रहरीले अवैध रुपमा भित्रिएको चार क्विन्टल बराबरको भारतीय बोइलर कुखुरा बरामद गरी नष्ट गरेको छ । 

नष्ट गरिएको बोइलर कुखुरा सशस्त्र प्रहरी निरीक्षक टीकाराम गोसाइँ नेतृत्वको मोवाइल गस्ती टोलीले बिहीवार जानकी गाउँपालिका १ स्थित बढैयाबाट बरामद गरेको थियो  ।

आरटीआर मे१०प ३४७७ र हीरो यूपी ३४ ए भी २३८९  नम्बरको दुईवटा मोटरसाइकलमा लोडगरी ल्याउँदै गरेको अवस्थामा प्रहरीको मोवाइल गस्ती टोलीलाई देखेपछि कुखुरा र मोटरसाइकल छाडेर चालकहरु फरार भएको बढैया बिओपिका प्रमुख सशस्त्र प्रहरी निरीक्षक टीकाराम गोसाईले बताउनुभयो ।

बरामद गरिएका बोइलर कुखुराको अनुमानित बजार मूल्य एक लाख ४ हजार रुपियाँ रहेको बताइएको छ । उक्त बोइलर कुखुरालाई साईगाउँ प्रहरी चौकीका प्रहरी हवल्दार नरेश थारू, वडाध्यक्ष मोहम्मद रजा राई स्थानीय बुद्धिजीबीु लागायतको उपस्थितिमा जानकी गाउँपालिका १ स्थित बढैया बिओपिको बेस परिसरमा नष्ट गरिएको हो ।

बरामद गरिएको बोइलर कुखुरा र दुईवटा मोटरसाइकलको अन्दाजी मूल्य ४ लाख ५८ हजार रहेको प्रहरीले जनाएको छ । यता नियन्त्रणमा लिइएको दुवै मोटरसाइकललाई नेपालगन्ज भन्सार कार्यालयमा पठाइएको सशस्त्र प्रहरी निरीक्षक गोसाईले बताउनुभयो ।