• २७ वैशाख २०८१, बिहिबार

एसिसी यु–१९ प्रिमियर कप

अपराजित नेपाल सेमिफाइनलमा

blog

काठमाडौं, कात्तिक २ गते । नेपाल बिहीबार सउदी अरबलाई एकपक्षीय खेलमा ३०१ रनले हराएर एसिसी यु–१९ प्रिमियर कपको सेमिफाइनलमा पुगेको छ ।  समूह एमा नेपाल तीनै खेल जितेर शीर्षस्थानमा रही अन्तिम चारमा पुगेको हो ।

यस प्रतियोगितामा खेल्ने १६ टिमलाई चार समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहमा शीर्षस्थान हासिल गर्ने टिम सेमिफाइनलमा खेल्न योग्य हुने प्राधवान छ । यसैगरी यस प्रतियोगिताको फाइनलमा पुग्ने दुई टिम र तेस्रो स्थानमा रहने टिम गरी तीन देश यु–१९ एसिया कपमा चयन हुनेछ । त्यसैले नेपाल यु–१९ एसिया कपको नजिक छ ।

मलेसियाको क्वालालम्पुरस्थित ओभल क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा ३४७ रनको विशाल याेगफल तयार पारेको थियो । सउदी अरब ठूलो लक्ष्य पछ्याउने क्रममा १९.१ ओभरमा ४६ रनमा अलआउट भयो । पछिल्ला दुई खेल जितेको सउदी अरब पनि आजको खेल जितेर अन्तिम चारमा पुग्ने अभियानमा थियो ।

दीपेशको अर्को घातक बलिङ
स्पीनर दीपेश कँडेलले लगातार दोस्रो खेलमा छ विकेट लिएप्छि सउदी अरबको पालि धराशायी भयो । उहाँले ९.१ ओभरमा १८ रन खर्चेर छ विकेट लिनुभयाे । पछिल्लो खेलमा बहराइनविरुद्ध पनि दीपेशले ९.५ ओभरमा मात्र चार रन खर्चेर छ ब्याट्सम्यानलाई आउट गर्नुभएको थियो । नेपालका लागि आकाश चन्दले दुई तथा सुवास भण्डारीले एक विकेट लिएर दीपेशलाई उचित साथ दिनुभयो । सउदी अरबका लागि वरुण सराभनान मुडालियर (११ रन)ले मात्र दोहोरो अङ्कमा रन बनाउन सक्नुभयो ।

अर्जुनको शतक
यसअघि, नेपालका लागि अर्जुन कुमालले १११ बलमा १४२ रनको शतकीय पालि खेल्नुभएको थियो । उहाँको पालिमा १७ चौका र दुई छक्का सामेल थियो । प्रारम्भिकमा ब्याट्सम्यान अर्जुन नै म्यान अफ दि म्याच घोषित हुनुभयो ।

अर्जुनले दीपक बोहरासँग मिलेर पहिलो विकेटका लागि ७१ रनको साझेदारी गर्नुभएको थियो । दीपक २९ रनमा आउट हुनुभयो । त्यसपछि अर्जुनले दोस्रो विकेटका लागि आकाश त्रिपाठीसँग मिलर तेज गतिमा १८९ रनको साझेदारी निर्वाह गर्नुभयो । अर्जुनले ९८ बलमा छ चौका र दुई छक्का प्रहार गर्दै ८९ रन बनाउनुभयो । कप्तान देव खनाल भने आज शून्यमै आउट हुनुभयो ।

साउदी अरबका लागि मोहम्मद, अब्दुल्ला सिराज र अहमद राजाले दुई–दुई तथा जुहैर मोहम्मद र साजिब मुजिबुर रहमानले एक–एक विकेट लिनुभयो ।