• ११ असोज २०८१, शुक्रबार

पोल्याण्डमा नयाँ राहदानीका लागि २४९ जनाको आवेदन

blog

बर्लिनस्थित नेपाली दूतावासले पोल्याण्डको वार्सामा विद्युतीय राहदानीको फारम र बायोमेट्रिक सङ्कलन गरिँदै ।

लण्डन, असोज २७ गते । बर्लिनस्थित नेपाली दूतावासले पोल्याण्डको वार्सामा विद्युतीय राहदानीको फारम र बायोमेट्रिक सङ्कलनका लागि तीन दिने घुम्ती सेवा सम्पन्न गरेको छ ।

पोल्याण्डको वार्सास्थित अवैतनिक वाणिज्य दूतावासको सहकार्यमा सम्पन्न भएको घुम्ती सेवामा २४९ जनाले नयाँ राहदानीका लागि आवेदन दिएको वार्सास्थित अवैतनिक वाणिज्य दूतावासका वाणिज्यदूत डा. बोधराज सुवेदीलेले जानकारी दिनु भयो ।

बर्लिस्थित नेपाली दूतावासले पोल्याण्डसहित रोमानिया, चेक रिपब्लिक र हंगेरीमा यस्ता दिँदै आएको छ । नेपाली दूतावास नभएको कारणले त्यहाँ रहेका नेपालीहरू राहदानी साथै अन्य कागजपत्रका लागि बर्लिनस्थित नेपाली दूतावास जानुपर्ने समस्यालाई घुम्ती सेवाले सहज बनाएको छ । घुम्ती सेवाका लागि जर्मन दूतावासबाट श्रीमती नानु थापाकासाथै  गैर आवासीय  नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् पोल्याण्डका पदाधिकारीले सहयोग गरेका थिए ।

यसैगरी लण्डनस्थित नेपाली राजदूतावासले सेप्टेम्बरको अन्त्यमा माल्टामा घुम्ती शिविर सञ्चालन गरेको थियो । दूतावासका द्वितीय सचिव रामबाबु नेपालसहितको टोलीले ७५० जनाको नयाँ विद्युतीय राहदानीको आवेदन सङ्कलन गर्नुका साथै अन्य कन्सुलरसम्बन्धी कार्य गरेको थियो ।