• ४ पुस २०८१, बिहिबार

बिरामीको गुनासो सुन्न अस्पतालमा स्वास्थ्य मन्त्री

blog

जिल्ला अस्तालामा सामाजिक विकास तथा स्वास्थ्य मन्त्री शुसिला सिम्खडाले हेमोडाइलासीस सेवामा गुनासो बुझ्नुहुँदै । तस्बिर : अर्जुन काफ्ले

अर्जुन काफ्ले
स्याङ्जा, असोज २६ गते ।
गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री शुसिला सिम्खडाले जिल्ला अस्पताल स्याङ्जाका बिरामीको गुनासो सुन्नु भएको छ ।

डेंगुसहितका विभिन्न रोगका बिरामीको चाप बढी रहँदा बिरामीको अवस्था बुझ्न पुतलीबजार नगरपालिका–३ कुमाल गाउँमा रहेको अस्पतालमा मन्त्री सिम्खडा, मन्त्रालयमा सचिव डा विनोद बिन्दु शर्मासहितको टोली लिएर पुग्नु भएको हो ।

अस्पतालमा मन्त्री सिम्खडाले हेमोडाइलासीससहितका कक्षमा निरीक्षण गर्दै बिरामीको अवस्थाको बारेमा बुझनु भएको थियो ।  मन्त्री सिम्खडाले अस्पताल ब्यवस्थापन समिति, मेसु, कर्मचारीसगाँ अस्पतालको बारेमा चाँसो राख्नु भएको थियो ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष इन्द्र बहादुर गोदारले अस्पतालमा भौतिक पूर्वाधारको समस्या रहेको बताउनुहुँदै १० महिनामा मेसु पाएको बताउनु भएको थियो ।

अस्तालमा दरबन्दी अनुसारका कर्मचारी नरहेको बताउनुहुँदै दरबन्दीमा रहेका डाक्टर अध्ययनमा जाँदा समस्या परेको भन्दै सट्टा डाक्टर खटाई दिन मन्त्री सिम्खडालाई अनुरोध गर्नु भएको थियो ।

२५ बेडको अस्तामा २५ जना कर्मचारी रहेकोमा ११ जना कर्मचारी नरहेको र दुई जना डाक्टर दुई जना नर्स अध्यनमा जाँदा अस्तालमा आउने बिरामीलाई समस्या परेको गोदारले बताउनुभयो ।

रक्त सञ्चार केन्द्र, हेलिप्याडको व्यवस्थान र गोदारले जिल्ला अस्पतालाई ५० बेडको बनाउने पुरानो निर्णय कार्यान्यन गरी दिन आग्रह उहाँले गर्नु भएको थियो ।

मन्त्री सिम्खडाले नागरिककले निःशुल्क स्वास्थ्य सेवा पाउने अधिकार भएको बताउनुहुँदै जनताको स्वास्थ्यका लागि कुनै कन्जुस्याइँ नगर्ने बताउनुभयो ।

अब उपचारका लागि पोखरा लगायतका शहरमा जानुपर्ने बाध्यतको अन्त्य गरिने बताउनुहुँदै मन्त्री सिम्खडाले दरबन्दी अनुसारको जनशक्ति र आवश्यकता अनुसारको भवन बन्ने बताउनुभयो ।

प्रदेश सरकारले गर्न सक्ने काम तत्काल प्रदेशले गर्ने र बाँकी रहेका संघसगँ समन्वय गरेर पूरा गर्ने बताउनुभयो ।

अस्तालमा अब जिल्ला अस्पतालको सेवा बिहान ७ बजेबाट बेलुका ८ बजेसम्म दिने ब्यवस्था गरिने मन्त्री सिम्खडाको भनाइ थियो । उहाँले जिल्ला आयुर्वेद अस्ताल, जिल्ला स्वास्थय कार्याल, सामाजिक विकास कार्यालयमा समेत अबलोकन गर्नु भएको थियो ।