काठमाडौं, असोज २६ गते । गैरआवासीय नेपाली संघको अध्यक्षमा राजेन्द्र कुमार (आरके) शर्माले उम्मेद्वारी घोषणा गर्नुभएको छ । काठमाडौंमा पत्रकार सम्मेलन गरी शर्माले संघको आगामी कार्यकाल (२०२३–०२५) प्यानलसहित उम्मेद्वारी घोषणा गर्नुभएको हो ।
“गैरआवासीय नेपालीको अभियानः स्वदेशमा लगानी, प्रवासमा सम्मान” भन्ने मुल नारा समेटेर शर्माले २४ महिने कार्यकालमा आफ्ना २४ कार्ययोजनाहरु समेटेर वाचापत्र सार्वजनिक गर्नुभयो । शर्मा एनआरएनएका वर्तमान उपाध्यक्ष हुनुहुन्छ । नेतृत्वका लागि समर्थन जुटाउन उहाँले जापान, दक्षिण कोरिया, हङकङ, अमेरिका र क्यानडा लगायत ४० देशबाट सुझाव सङ्कलन गरिसक्नुभएको छ । विप्रेषण रकमको प्रयोगलाई उत्पादनमुलक उद्यमसँग जोड्ने उहाँको योजना छ । शर्माले गैरआवासीय नेपाली कामदार भविष्य सुरक्षा प्राधिकरण गठनमा लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
‘‘एनआरएनहरुबीचको एकता पहिलो प्रतिवद्धता हो । यस्तै, वैदेशिक रोगारः दक्ष जनशक्ति, सुरक्षित वातावरण, सामाजिक सुरक्षालाई कार्यान्वयन गर्ने मेरो प्रतिवद्धता छ । श्रमीकहरुको आर्थिक स्थिती सुधार्न पहल थाल्नेछु । विप्रेषण रकमको प्रयोगलाई उत्पादनमुलक उद्यमसँग जोड्न म क्रियाशिल रहनेछु । गैरआवासीय नेपाली कामदार भविष्य सुरक्षा प्राधिकरण गठनमा लाग्नेछु । सांगठनिक पुनःर्संरचना कार्यदलबाट गहन योजना, मानव संशाधनः सबलीकरणयुक्त कार्यसम्पादन, संस्थागत सुशासनः शून्य सहनशील स्वअनुशासन, एनआएनए निर्वाचनः सबैले गर्न पाउन मतदान, आर्थिक कुटनितिः लगानी प्रवद्र्धन मुख्य नीति, गरौँ उच्चतम प्रयोग सूचना प्रविधिः हुन्छ विकास र समृद्धी, नेपाली रोजौं, नेपाली खोजौंः निर्यात बढाउन जोडतोडले लागौँ, गैरआवासीय सरोकारः जहाँ भएपनि नागरिकता र मताधिकार मेरो योजना रहेको छ ।,’’ शर्माले भन्नुभयो, ‘‘यस्तै, नेपाल समृद्धिको दस्ताः गैरआवासीय दोस्रो पुस्ता, अबको समृद्धिः जगेर्ना गरौँ भाषा र संस्कृति, एनआरएनए शक्तिः अधिकारसम्पन्न एनसीसी, विदेशमा सिकेको ज्ञानः देश निर्माणको अभियान, देश विकासको बलः एक एनसीसी हजार पर्यटक, घटाऔँ वैदेशिक श्रम, फर्किनेलाई स्वरोजगार कार्यक्रम, अग्रजलाई सम्मानः युवा परिचालन र विज्ञबाट ज्ञान, योजनाबद्ध कार्यान्वयनः न्यायपूर्ण कार्यसम्पादन मूल्याङ्कन मैले बनाएको कार्ययोजना हो यो ।’’ उहाँले गैर आवासीय नेपाली संघ सबैको साझा संस्था बनाउन कटिवद्ध भएर लाग्ने बताउनु भयो ।