• ३० वैशाख २०८२, मङ्गलबार

दुर्घटनामा पैदलयात्रीको मृत्यु

blog

फाइल तस्बिर

भक्तपुर, असोज २५ गते । भक्तपुर नगरपालिका-१ सल्लाघारीको खानेपानी कार्यालय नजिकै सडकमा आज सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुवाकोटबाट सल्लाघारीतर्फ जाँदै गरेको बा ६९ प ९१० नम्बरको स्कुटरले ठक्कर दिई दुर्घटना हुँदा पैदलयात्री भक्तपुर नगरपालिका-१ सल्लाघारी बस्ने ६८ वर्षीया भुलिमाया धुगुछुको मृत्यु भएको हो ।

प्रहरीले उक्त स्कुटर र स्कुटर चालक दोलखा तामाकोशी गाउँपालिका-४ घर भई हाल चाँगुनारायण नगरपालिका-१ दुवाकोट बस्ने ३६ वर्षीय यम खड्कालाई पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो । रासस