• ४ जेठ २०८१, शुक्रबार

पहिरो जाँदा पृथ्वी राजमार्ग दमौली–पोखरा खण्ड अवरुद्ध

blog

अमरराज नहर्की

तनहुँ, असोज २१ गते । पहिरो जाँदा पृथ्वी राजमार्गको दमौली–पोखरा खण्ड अवरुद्ध भएको छ । सडक  अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन् ।

आइतबार बिहान ४:४० बजे तनहुँको म्याग्दे गाउँपालिका – ६ तुरतुरे मौरीबजार स्थित पृथ्वी राजमार्गमा माथिबाट सुख्खा पहिरो खस्न जाँदा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिनुभयो ।  राजमार्ग सडक पूर्णरूपमा बन्द भएको उहाँले जानकारी दिनुभयो ।

विपद् व्यवस्थापन प्रहरी जनशक्ति टोली, स्थानीय पालिका  र चाइनिज कम्पनीसँगको आवश्यक सहकार्यमा जेसिबीको माध्यमबाट उक्त पहिरो हटाउने कार्य भइरहेको प्रनाउ खाँडले जानकारी दिनुभयो ।