• ३१ वैशाख २०८२, बुधबार

‘साथी महानगर’ का लागि आवश्यक विवरण उपलब्ध गराउन अनुरोध

blog

काठमाडौं, असोज १६ गते । काठमाडौँ महानगरपालिकाले ‘स्वर्णिम योजना–साथी महानगर’ को उद्देश्यले तयार पारिएको विवरण उपलब्ध गराउन सबै वडामा अनुरोध गरेको छ ।

महानगरको सामाजिक विकास विभाग प्रमुख गोपाल प्रसाद पोखरेलका अनुसार महानगरका बासिन्दाले सुख, दुःख पर्दा महानगरले हेर्छ भन्ने विश्वासमा वृद्धि गर्न, सहरी गरिब, विपन्न, ज्येष्ठ नागरिक, असहाय, सुत्केरी महिला, सीमान्तकृत, अपाङ्गता भएका व्यक्तिलाई सहयोग गर्ने उद्देश्यले सो अनुरोध गरिएको छ ।

वडा नं. १ देखि ३२ सम्मका सबै वडाका लाभग्राहीलाई वडा कार्यालयको सिफारिस, ‘साथी महानगर’ फाराम, नागरिकताको प्रतिलिपि र सम्बन्धित वडामा बसोबास भएको प्रमाणसहितको कागजात सङ्लग्न विवरण उपलब्ध गराउन सामाजिक विकास विभागले अनुरोध गरेको हो ।