काठमाडौँ, असोज १४ गते । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले सडकमा यातायात व्यवस्थापन गर्ने ट्राफिक प्रहरीलाई जनस्तरबाट सहयोग र सद्भावको आवश्यकता रहेको बताउनुभएको छ ।
उहाँले आइतबार सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह–२०८० लाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले यस्तो बताउनुभएको हो । महानिरीक्षक कुँवरले विभिन्न अध्ययनहरूले १४ घण्टासम्म सडकमा उभिएर ट्राफिक व्यवस्थापन गर्दा ट्राफिक प्रहरीहरूको स्वास्थ्यमा जोखिम बढी देखिएको बताउनुभयो । उहाँले जीवन जोखिममा राखेर काम गर्ने ट्राफिक प्रहरीलाई सर्वसाधारण जनता तथा सरोकारवालहरूको सद्भाव सहयोग आवश्यक रहेको बताउनुभयो ।
महानिरीक्षक कुँवरले सडक प्रयोगकर्ताहरूलाई कानुनीरुपमा ट्राफिक प्रहरीको जिम्मेवारी हद स्पष्ट पार्न नसकिएको बताउनुभयो । उहाँले सडकमा बस्ने ट्राफिक प्रहरीसँग नै सडकको समस्या र समाधान सर्वसाधारणले खोजिरहेको उल्लेख गर्नुभयो । उहाँले सडक दुर्घटनाका कारक तत्त्वहरू पहिल्याएर भरपर्दो तथ्याङ्क विश्लेषणसहित नियन्त्रणका उपायहरू लगाउन सकिएमा क्षति न्यूनीकरण र सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन गर्न सकिने बताउनुभयो । प्रहरीले दुई वर्षको कार्ययोजनामा ट्राफिक व्यवस्थापनलाई प्रविधियुक्त बनाई प्रणालीगत सुधार गर्ने लक्ष्य राखेको दाबी गर्नुभयो । महानिरीक्षक कुँवरले बढ्दो सहरीकरण,बढ्दो जनघनत्वका कारण पूर्वाधार निर्माणको अभाव,यातायातका साधनको तीव्र वृद्धिका साथै मानवीय र वातावरणीय यान्त्रिकको संयोग नै सडक दुर्घटनाको कारक तत्त्व बनेको उल्लेख गर्नुभयो । आर्थिक वर्ष २०७९/०८० सम्ममा १८ लाख बढी सवारी साधन दर्ता भएको ती मध्ये १४ लाख सवारी साधन दैनिक काठमाडौँ उपत्यकामा गुड्ने गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो,‘नेपालको वर्तमान परिप्रेक्ष्यमा बढ्दो सहरीकरण,बढ्दो जनघनत्वका कारण पूर्वाधार निर्माणको अभाव,यातायातका साधनको तीव्र वृद्धिका साथै मानवीय र वातावरणीय यान्त्रिकमध्ये एक वा धेरैको संयोग नै सडक दुर्घटनाको कारक तत्त्व बनेको छ । जसमा काठमाडौँ उपत्यकाका अग्रणी रूपमा रहेको छ ।
आर्थिक वर्ष २०७९/०८० सम्ममा १८ लाख बढी सवारी साधन दर्ता भएको ती मध्ये १४ लाख सवारी साधन दैनिक काठमाडौँ उपत्यकामा गुड्ने गरेका छन् । नेपाल प्रहरीमा काजमा अन्यत्र नपठाउने नीति भएपनि सडक पूर्वाधार यान्त्रिक पूर्वाधारको कमीको कारण ट्राफिक प्रहरी अपवाद बन्न पुगेको छ । काठमाडौँ उपत्यकामा १३१३ दरबन्दी रहेकोमा त्यो भन्दा ६३ प्रतिशत बढी १८२२ जना जनशक्ति परिचालन गरिएको छ । त्यतिगर्दा पनि दैनिक १२ देखि १४ घण्टा ट्राफिक प्रहरी सडकमा उभिनुपर्ने बाध्यता छ । ट्राफिक प्रहरीको स्वास्थ्य समस्या पनि उच्च देखाएको छ ।
सडक प्रयोग कर्ताहरूलाई कानुनीरुपमा ट्राफिक प्रहरीको जिम्मेवारी हद स्पष्ट पार्न सकिएको छैन । सडकमा बस्ने ट्राफिक प्रहरीसँग नै सडकको समस्या र समाधान सर्वसाधारणले खोजिरहेको छ । सडकमा यातायात व्यवस्थापन गर्ने ट्राफिक प्रहरीलाई जनस्तरबाट नै सहयोग र सद्भाव खाँचो छ । सडक दुर्घटनाका कारकतत्वहरु पहिल्याएर भरपर्दो तथ्याङ्क विश्लेषण सहित नियन्त्रणका उपायहरू लगाउन सकिएमा क्षति न्यूनीकरण र सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन गर्न सकिन्छ । प्रहरीले दुई वर्षको कार्ययोजनामा ट्राफिक व्यवस्थापनलाई प्रविधियुक्त बनाई प्रणालीगत सुधार गर्ने लक्ष्य रहेको छ ।’
महानिरीक्षक कुँवरले नेपाल प्रहरीमा काजमा अन्यत्र नपठाउने नीति भए पनि सडक पूर्वाधार यान्त्रिक पूर्वाधारको कमीको कारण ट्राफिक प्रहरी अपवाद बन्न पुगेको उल्लेख गर्नुभयो । उहाँले काठमाडौँ उपत्यकामा १३१३ दरबन्दी रहेकोमा त्यो भन्दा ६३ प्रतिशत बढी १८२२ जना जनशक्ति परिचालन गरिएको दाबी गर्नुभयो । उहाँले अझै दैनिक १२ देखि १४ घण्टा ट्राफिक प्रहरी सडकमा उभिनुपर्ने बाध्यता रहेको बताउनुभयो ।