• २७ वैशाख २०८१, बिहिबार

सम्पदा जोगाउन रोटरीको ‘हेरिटेज वाक’

blog

काठमाडौं, असोज ११ गते । इन्द्रजात्राको अवसरमा काठमाडौँमा रहेका पुरातात्त्विक सम्पदाको संरक्षण गर्ने उद्देश्यसहित बिहीबार ‘हेरिटेज वाक’ (सम्पदा पदयात्रा) आयोजना भएको छ । ‘हाम्रो सम्पदा, हाम्रो गर्व’ भन्ने नारासहित रोटरी क्लब अफ ठमेलले फेस्टिभल हेरिटेज वाक गरेको हो ।

भगवानबहाल ठमेटबाट सुरु भएको हेरिटेज वाक छुस्या बहाल, झ्वाः बहाल, श्रीघः, जनबहाल, इन्द्रचोक, हनुमानढोका, कुमारी घर, काष्ठमण्डप, यट्खा बहाल घुमेपछि इतुम्बहालमा आएर सकिएको थियो । सो हेरिटज वाकमा करिब तीन सय जनाको सहभागिता रहेको थियो ।

डिस्ट्रिक्ट गभर्नर इलेक्ट डिस्ट्रिक्ट ३२९२, नेपाल भुटान रोटरियन राजेन्द्रमान शेरचनले ‘काठमाडौँ मूर्त र अमूर्त सम्पदामात्र होइन कला, परम्परामा पनि धनी भएको तर यसको संरक्षण गर्नुपर्छ भन्ने जनचेतना जगाउन आवश्यक छ भन्नुहुँदै सोही जनचेतना जगाउन पनि यो हेरिटेज वाकको आयोजना गरिएको हो, भन्नुभयो । रोटरी क्लब अफ ठमेलका योगराज पोखरेल अध्यक्षले यस हेरिटेज वाकलाई सफल बनाउने सबैलाई धन्यवाद दिँदै पहिलो पटक गरिएको यो हेरिटेज वाकमा सहभागी सबै जना प्रभावित भएका भन्नुहुँदै अब रोटरी क्लबले बर्सेनि यसप्रकारको हेरिटेज वाकको आयोजना गर्ने भनाइ राख्नुभयो ।

यसैगरी, यस हेरिटेज वाकका संयोजक तथा रोटरी क्लब अफ ठमेलका सचिव मणिरत्न शाक्यले काठमाडौँ सहरभित्र रहेका महाविहार, बहालहरूको अवलोकन गराएर यसको इतिहास बुझाउनु पनि यस हेरिटेज वाकको उद्देश्य रहेको बताउनुभयो ।