• १० मंसिर २०८१, सोमबार

गजल

blog

फूल रोपेथेँ गमलामा बुट्टा कसले भर्‍यो होला

पुतलीका पखेटामा बुट्टा कसले भर्‍यो होला ।


मान्छेलाई सजावटकै साधन ठान्यो होला सायद

पहिले सिलाएर जामा बुट्टा कसले भर्‍यो होला ।


एउटा कथा छँदै थियो कृष्ण भगवान् बनाउने

अर्को थपेर सुदामा बुट्टा कसले भर्‍यो होला ।


यो गोधुकली यो देउराली सबै रङ्गहीन लाग्छन्

टुटी जाने सपनामा बुट्टा कसले भर्‍यो होला ।


विश्वास दिएर जानेको पनि भरोसा नहुने रै’छ

मान्छेका सफेद कुरामा बुट्टा कसले भर्‍यो होला ।