काठमाडौं, असोज ५ गते । शनिबार सशस्त्र प्रहरी बलको मुख्यालय हलचोक परिसरमा ‘ध्यानद्वारा ऊर्जा जागरणको एक दिवसीय कार्यशाला’ सम्पन्न हुँदैछ।
बिहान ७.३० मा राष्ट्रपति रामचन्द्र पौडेलले समुद्घाटन गर्नुहुने सो कार्यशाला गृह मन्त्रालय र ‘जीवन विज्ञान’को संयुक्त सहकार्यमा तय भएको हो।
उद्घाटन, खाना, खाजा, विश्राम, प्रश्नोत्तर र समापन समयसहित अपरान्ह ४।३० सम्म योगाभ्यास, प्राणायम र ऊर्जा ध्यान जारी रहनेछ।
उद्घाटन समारोहमा राष्ट्रपति पौडेल र उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले योगाभ्यासको महत्वबारे मन्तव्य समेत दिनुहुनेछ।
कार्यशालामा प्रधानन्यायाधीश बिश्वम्भरप्रसाद श्रेष्ठसहित सबै संवैधानिक निकायका प्रमुख र प्रधानसेनापति प्रभुराम शर्मालाई समेत आमन्त्रण गरिएको छ।
गृह मन्त्रालयका सचिवसहित वरिष्ठ अधिकारी र अधिकृत, विभाग र प्रशासन कार्यालयका प्रमुख एवम् अधिकारी, नेलाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुख र वरिष्ठ उपरीक्षकसम्म गरी करिब तीन सय जनाको सहभागिता हुने कार्यशालामा ‘जीवन विज्ञान’का एलपी भानु शर्मा र रमेश नेपालले योग प्रशिक्षण दिनुहुनेछ।
गृह मन्त्रालयले ‘ध्यानद्वारा ऊर्जा जागरण कार्यशाला’लाई स्वजागरण अभियानका रुपमा मातहतका सबै निकाय, सबै तहका कर्मचारी र कैदीबन्दीसम्म पुर्याउने चरणबद्ध अभियान तय गरेको छ।