• ९ पुस २०८२, बुधबार

महिला फुटबल-नेपाल भियतनामसँग पराजित

blog

फाइल तस्बिर

काठमाडौं, असोज ५ गते । उन्नाइसौँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला फुटबल प्रतियोगितामा नेपाल भियतनामसँग पराजित भएको छ । 

चीनको हाङझाउमा आज भएको उक्त प्रतियोगिताअन्तर्गत समूह डि को पहिलो खेलमा भियतनामले नेपाललाई २-० गोलअन्तरले पराजित गरेको हो । खेलको पहिलो हाफ गोलरहित बराबरी खेलेको नेपालले दोस्रो हाफमा भने दुई गोल खान पुग्यो। 

भियतनामको जितमा फाम हाइ एन र न्यूगेन थि बीच थुइले समान एक÷एक गोल गरे । खेलको  ५३ औँ मिनेटमा फाम हाइ एनले गोल गर्दै भियतनामलाई पहिलो अग्रता दिलाइन । त्यस्तै खेलको ६४ औँ मिनेटमा थि बीच थुइले एक गोल थप्दै आफनो टोलीको जित सुनिश्चित गरिन् । 

नेपालले अब आफ्नो दोस्रो खेल जापानसँग यही असोज ८ गते खेल्नेछ ।