• ११ असोज २०८१, शुक्रबार

फेरि ३४ पानाको राहदानी

blog

काठमाडौँ, असोज ५ गते । राहदानी विभागले फेरि ३४ पानाको राहदानी वितरण गर्ने भएको छ । अर्को सातादेखि ३४ पानाको राहदानी वितरण हुने जानकारी विभागले दिएको छ । 

विभागका प्रवक्ता कुमार राईका अनुसार ३४ पानाको राहदानीका लागि असोज १ देखि आवेदन खुला गरिएको छ । अब भरिएको आवेदन अनुसार अर्को साता इनरोलमेन्टका लागि मिति प्राप्त गरेकाले पहिलेकै शुल्क १२ हजार रुपियाँमा द्रुत सेवामार्फत राहदानी पाउने राईले बताउनुभयो । पुरानै कम्पनीसँग विभागले गरेको सम्झौता अनुसार अर्को साता २८ लाख प्रति राहदानी नेपाल आइपुग्ने भएको छ । 

३४ पानाको राहदानीको मौज्दात सकिएपछि गत असार ३ देखि विभागले ६६ पानाको राहदानी ३४ पानाकै शुल्कमा वितरण थालेको थियो । तत्कालको अभाव पूर्तिका लागि धेरै मौज्दात रहेको ६६ पानाको राहदानी ३४ पानाकै शुल्कमा वितरण गरिएको थियो । यो सातासम्ममा ६६ पानाको राहदानीको मौज्दात सकिने अनुमान विभागले गरेको छ । 

सामान्य ३४ पानाको राहदानीको वितरण हुने भएकाले सो विकल्प अनुसार नयाँ राहदानीका लागि अनलाइन आवेदन गर्नका लागि विभागले अनुरोध गरेको छ ।