• १६ वैशाख २०८१, आइतबार

स्क्वासमा एनएसआरए र क्लब इन्टरनेसनलको विजयी सुरुवात

blog

स्क्वास टिम च्याम्पियन्सीपको पहिलो दिन प्रतिस्पर्धा गर्दै खेलाडी ।

काठमाडौँ, असोज ३ गते । नेपाल स्क्वास एन्ड र्‍याकेट्स सङ्घको आयोजनामा बुधबारदेखि एनएसआरए इन्टर क्लब स्क्वास टिम च्याम्पियन्सीप २०२३ सुरु भएको छ ।

सातदोबाटोस्थित स्क्वास हलमा भएको प्रतियोगिताको पहिलो दिन क्लब इन्टरनेसनलले ब्रिटिस आर्मी ए टिमलाई ३–० ले हरायो । पहिलो खेलमा क्लब इन्टरनेसनलका अस्ट्रेलियाली खेलाडी इशाक बेल हर्बटले ब्रिसटस आर्मी एका सुनील राना र दोस्रो खेलमा इटालीका रेन्जो एन्डोर्नोले श्यामलाई समान ३–० सेटमा हराउनुभयो । क्लब इन्टनेसनलका धिर पुनले अन्तिम खेलमा सविन गुरुङलाई ३–१ सेटमा पराजित गर्नुभयो ।

आयोजक एनएसआरएको तीनै टिमले पनि पहिलो दिन विजयी सुरुवात गरेको छ । एनएसआउरए टिम बीले ब्रिटिस आर्मी सीलाई तीनै खेलमा हरायो । यी दुई टिमबीचको खेलमा प्रज्वल प्रधानले केशर मगरलाई ३–१ र प्रवीण वीर कंसाकारले शेरजङ थापा र राजेन्द्र शाक्यले शंकर गुरुङलाई समान ३–० को सोझो सेटमा पराजित गर्नुभयो ।

एनएसआरए टिम ए ले पाहुना टिम ट्रेलिङ स्पाउजलाई ३–० ले हरायो । दिव्यराज वज्राचार्यले डेभिड थोम्सन, दीपक थापाले ल्युक सयर र उमित शाकयले मइक रान्डललाई समान ३–० ले साझो सेटमा हराउनुभयो ।

एनएसआरए टि सीले पनि ब्रिटिस आर्मी बीलाई तीनै खेलमा हरायो । राकेश परियारले दिलिप राई, पासाङ लामाले ज्याकोब क्लार्क र विकास मगरले जिम डोइगलाई समान ३–० ले निराश बनाउनुभयो ।