• १६ वैशाख २०८१, आइतबार

१९औँ एसियाली खेलकुद : पुरुष भलिबलमा नेपालको चुनौती समाप्त

blog

सट प्रहार गरेपछि नेपाली टोली ।

काठमाडौं, असोज ३ गते । नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीले १९औं एसियाली खेलकुद (एसियाड) मा लगातार दोस्रो हार खेपेको छ । 

समूह ‘बी’ अन्तर्गत चीनको हाङझावमा बुधबार भएको खेलमा नेपाल बलियो टोली इरानसँग ३–० को सोझो सेटमा पराजित भयो । यसअघि मंगलबार भएको पहिलो खेलमा नेपाल बहराइनसँग ३–१ को सेटमा पराजित भएको थियो ।

इरानविरुद्ध कमजोर देखिएको नेपाल २५–९, २५–१५, २५–१३ ले पछि परेको थियो । लगातार दोस्रो हारसँगै पुरुष भलिबलमा नेपालको चुनौती समूह चरणमै सकिएको छ ।