• १० पुस २०८२, बिहिबार

दुई सय १० किलो गाँजासहित दुई जना पक्राउ

blog

गाँजासहित प्रहरीले नियन्त्रणमा लिएको पिकअप गाडी। तस्बिर : महेशकुमार दास

महेशकुमार दास 

जलेश्वर, असोज ३ गते । दुई सय १० किलो लागूऔषध गाँजासहित जलेश्वरबाट दुई जना पक्राउ परेका छन् । 

बुधबार बिहान जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरी टोलीले जलेश्वर नगरपालिका –१ स्थित महादेव मन्दिर नजिकबाट दुई सय १० किलो लागूऔषध गाँजा बरामद गरेको हो । 

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीका अनुसार बा.प्र.०१–०२६ च ४९२१ नम्बरको पिकअप गाडी चेकजाँच गर्दा उक्त परिमाणको लागूऔषध गाँजा बरामद भएको हो ।  

बरामदपछि धादिङ जिल्ला थाक्रे गाउँपालिका–७ बस्ने २३ वर्षीय जीवन तामाङ र महोत्तरी जलेश्वर नगरपालिका–७ बस्ने २५ वर्षीय सुरेन्द्र दासलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

पिकअप भित्र गाडीको बीचमा १४ वटा पोकामा राखिएको गाँजा चारै तिरबाट मिनिरल वाटरको पोकाले छोपिएको अवस्थामा फेला परेको प्रहरी नायव उपरीक्षक गिरीले जानकारी दिनुभयो । 

मकवानपुरबाट लुकाई छिपाई ल्याइएको र भारतीय सीमा कटाउने योजना हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले थप अनुसन्धान सुरु गरेको छ ।