• ११ मंसिर २०८१, मङ्गलबार

घुस रकमसहित प्रधानाध्यापक पक्राउ

blog

काठमाडौं, भदौ २६ गते । बर्दियाको राजापुर नगरपालिका वडा नम्बर ७ भिस्मापुरस्थित श्री सरस्वती बाल प्राथमिक विद्यालय शंकरपुरका प्रधानाध्यापक लक्ष्मीदेवी उपाध्याय १४ हजार पाँच सय घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालका अनुसार उपाध्यायले हाजिरी गराउन सहजीकरण गरिदिने  प्रयोजनको लागि सेवाग्राहीसँग घुस बापत सो रकम लिइसकेको अवस्थामा मंगलबार नियन्त्रणमा लिइएको हो । 

आयोगले निजमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।