काठमाडौँ, भदौ २६ गते । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवम् पूर्वसभामुख अग्निप्रसाद सापकोटाले संविधान सभा अध्यक्ष नेम्वाङको निधनको खबरले स्तब्ध बनाएको बताउनुभएको छ । आज शोक वक्तव्य जारी गर्दै उहाँले दिवङ्गत नेम्वाङप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ ।
संविधान सभाबाट संविधान निर्माण गरी जारी गर्ने प्रक्रियामा नेम्वाङको अतुलनीय योगदान रहेको पूर्वसभामुख सापकोटाले स्मरण गर्नुभयो । नेम्वाङले शालीन र समन्वयकारी भूमिकामार्फत सिङ्गो राजनीतिक वृत्तमा फरक छवि र पहिचान निर्माण गर्न सफल हुनुभएको उल्लेख गर्दै उहाँले नेपाली कम्युनिष्ट आन्दोलनको नेतृत्व तहमा रहेर लोकतन्त्र, सामाजिक न्याय र समतामूलक समाज निर्माणमा पुर्याउनुभएको योगदान सधैँ स्मरणीय रहने बताउनुभयो ।
एमाले उपाध्यक्ष नेम्वाङको गए राति हृदयाघातका कारण निधन भएको थियो ।