• ११ मंसिर २०८१, मङ्गलबार

आयोग उपाध्यक्ष श्रेष्ठ र युएनएफपिए नेपाल प्रतिनिधिबिच भेट

blog

राष्ट्रिय योजना आयोगको कार्यालयमा उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपिए)को नेपाल प्रतिनिधि वोन योङ होङबीच भेटवार्ता । तस्बिर : उपाध्यक्ष श्रेष्ठको सचिवालय

काठमाडौं, भदौ २५ गते । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपिए)को नेपाल प्रतिनिधि वोन योङ होङबीच भेटवार्ता भएको छ । सोमबार सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगको कार्यालयमा उपाध्यक्ष डा. श्रेष्ठ र योङ होङबीच भेटवार्ता भएको हो ।


नेपाल प्रतिनिधि होङले राष्ट्रिय योजना आयोगले बनाइरहेको १६ औँ योजनाको विषयमा चासो राख्नुभएको थियो । साथै यौन तथा प्रजनन् स्वास्थ्य अधिकारको सुधारमा नेपाल सरकारले गर्ने प्रयासमा युएनएफपिएको सहयोग रहने बताउनुभयो । उपाध्यक्ष श्रेष्ठले युएनएफपिएले हालसम्म पुर्‍याउँदै आएको सहयोगका लागि धन्यवाद दिनुहुँदै आगामी दिनमा पनि निरन्तर सहकार्य हुने बताउनुभयो ।

होङले संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषका नेपाल प्रतिनिधिको जिम्मेवारी जुलाई ११, २०२२ देखि सम्हाल्दै आउनुभएको छ ।