• १३ मंसिर २०८१, बिहिबार

एसियन बडिबिल्डिङ्ग महासङ्घमा चार नेपाली निर्वाचित

blog

काठमाडौं, भदौ १७ गते । एसियन बडिबिल्डिङ्ग एण्ड फिजिक स्पोर्टस् फेडेरेशनको इलेक्टोरल कांग्रेसले नेपालका चार नेपालीलाई फेडेरेशनको विभिन्न पदाधिकारीमा चयन गरेको छ ।

नेपाल शारीरिक सुगठन तथा फिटनेस् महासङ्घको आयोजनामा काठमाडौँमा जारी ५५औँ एसियन शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसिप अन्तरगत होटल याक एण्ड यतीमा भएको एसियन बडिबिल्डिङ्ग एण्ड फिजिक स्पोर्टस् फेडेरेशनको इलेक्टोरल कांग्रेसले नेपाल शारीरिक सुगठन तथा फिटनेस् महासङ्घका अध्यक्ष राजेशबाबु श्रेष्ठलाई फेडेरेशनको कार्यकारी उपाध्यक्ष, उपाध्यक्ष विजयलाल कायस्थलाई फेडेरेशनको उपाध्यक्ष, महासङ्घका सचिव दिनेश राजभण्डारीलाई प्राविधिक समितिको अध्यक्ष र महासङ्घको उपाध्यक्ष राजेश उपाध्यायलाई कार्यकारी सदस्यमा मनोनीत गरेको हो ।

सबै निर्वाचित पदाधिकारीको कार्यकाल चार वर्षको हुनेछ । च्याम्पियनसिपको मुख्य स्पर्धा सोमबारबाट सुरु हुनेछ । प्रतियोगिताको औपचारिक उद्घाटन उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गर्नुहुनेछ । च्याम्पियनसिपमा १७ राष्ट्रका २३६ खेलाडीले विभिन्न विधामा प्रतिस्पर्धा गर्नेछन् ।