• ३ जेठ २०८२, शनिबार

आठौं नगर स्तरीय मेयर कप क्रिकेट प्रतियोगिता सुरु

blog

प्रतियोगिताको उद्घाटन गरिँदै । तस्बिर : नारद कोहार

नारद कोहार

तौलिहवा (कपिलबस्तु), जेठ ३ गते । जिल्लाको कपिलवस्तु नगरपालिकामा आठौं नगर स्तरीय मेयर कप प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन पूर्वमन्त्री एवम् प्रतिनिधि सभा सदस्य सुरेन्द्रराज आचार्यले गर्नुभएको हो ।

सो अवसरमा बोल्दै पूर्व मन्त्री आचार्यले खेल मैदानका आभावका कारण खेलाडीहरुले आफ्नो प्रतिभा देखाउन नसेको बताउनुभयो । खेलमैदानको अभावका कारण प्रतिभावन खेलाडीहरुले आफ्नो देखाउने आवसर नपाएको बाताउदै खेलमैदान भयो भने कपिलबस्तुले पनि राम्रो खेलाडीहरु जन्माउन सक्ने बताउनुभयो । खेलाडीहरुलाई पहिचान गरी स्थानिय तहहरुले उचित परिश्रमिक सहित सेवा सुविधा उपलब्ध गराउनु पर्ने उहाँको भनाइ छ ।

सो अवसरमा बोल्दै प्रदेश सभा सदस्य सुधाकर पाण्डेयले खेलले खेलाडीहरूलाई नगर, प्रदेश र केन्द्र स्थतरमा पहिचान बनाउन धेरै भूमिका खेल्ने बताउनुभयो । गाउँगाउँमा रहेको खेलाडीहरूको प्रतिभा एवम् कला देखाउन मेयर कपले ठुलो सहयोग पुग्ने उहाँको भनाइ छ ।

नगर प्रमुख  सुदीप पौडेलले क्रिकेट खेलाडीको क्षमता विकासको लागि प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो । पछिल्लो समय नेपालमा लोकप्रिय बन्दै गएको क्रिकेट खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्रदेश र राष्ट्रिय स्तरमा पुर्‍याउने उद्देश्यले मेयर कपको आयोजना गरिएको उहाँको भनाइ छ ।

बुद्ध पद्म माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन भएको प्रतियोगिता जेठ ८ गते सम्म चल्ने छ । प्रथम हुनेलाई ६० हजार, उप विजेतालाई ३० हजार नगद सहित मेडल, ट्रफि र प्रमाणपत्र प्रदान गरिने शिक्षा शाखा प्रमुख युवराज भुसालले बताउनुभयो । कार्यक्रममा कपिलवस्तु नगरपालिका १२ वटै वडाका वडाध्यक्षहरू, कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिल कुमार तमाङ, सशस्त्र प्रहरी उपरीक्षक नेत्र बहादुर के.सी लगायतको सहभागिता थियो।