• ६ जेठ २०८१, आइतबार

नेपाली श्रमिकका लागि असुरक्षित बन्दै साउदी

blog

काठमाडौँ, भदौ १३ गते  । साउदी अरब नेपाली श्रमिकका लागि असुरक्षित बन्दै गएको छ । साउदीमा रहेको नेपाली दूतावासका अनुसार अगस्ट (साउन १६ देखि भदौ २९ सम्म) महिनामा मात्रै समस्यामा परेर स्वदेश फर्किन दूतावासमार्फत २१५ जनाले ‘एक्जिट’ भिसा लगाएका छन् । 

दूतावासका अनुसार अगस्ट ३ मा ७९ जनाले, अगस्ट १० मा ४१ जनाले, अगस्ट २२ मा ५८ जनाले र अगस्ट २९ मा ३७ जना गरी २१५ जनाले साउदीबाट स्वदेश फर्कने अनुमति अर्थात् एक्जिट भिसा पाएका छन् । 

साउदीमा समस्यामा परेका अकामा (साउदीको आवासीय अनुमतिपत्र) को म्याद सकिएको तीन महिनाभन्दा बढी भइसकेको भएमा वा साउदी पुगेको तीन महिनाभन्दा बढी समयसम्म पनि कम्पनीले अकामा नबनाइदिएमा र हुरुब लागेका श्रमिकलाई स्वदेश फिर्तीका लागि दूतावासले एक्जिट भिसाको प्रक्रियामा सहजीकरण गरिरहेको दूतावासले जानकारी गराएको छ ।