इजिप्ट, भदौ १२ गते । इजिप्टका विदेशमन्त्री सामेह शौकरीले यमन सङ्कट समाधान गर्न संयुक्त राष्ट्रसङ्घको भूमिकालाई समर्थन गर्ने बताउनुभएको छ ।
विदेशमन्त्री शौकरीले यमन सङ्कट समाधानका लागि संयुक्त राष्ट्रसङ्घको भूमिकालाई इजिप्टले समर्थन गर्ने बताउनुभएको हो ।
उहाँले इजिप्टको राजधानी कायरोमा यमनका लागि संयुक्त राष्ट्रसङ्घका विशेष दूत हान्स ग्रुण्डवर्गसँगको भेटमा सो बारे जानकारी गराउनुभएको थियो । बैठकमा शौकरीले यमनको एकता र स्थिरता जोगाउने सबै पक्षहरुको लागि समावेशी राजनीतिक प्रक्रियाको महत्वमा जोड दिनुभयो ।
विदेशमन्त्री विदेशमन्त्रीले यमन सङ्कटको राजनीतिक समाधान खोज्ने र यमनका जनताको मानवीय पीडा कम गर्न संयुक्त राष्ट्रसङ्घको प्रयासलाई सहयोग गर्ने इजिप्टको प्रतिबद्धतालाई पनि जोड दिनुभयो । यमन सन् २०१४ को उत्तरार्धदेखि गृहयुद्धमा फसेको छ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल