• २२ वैशाख २०८१, शनिबार

सांस्कृतिक सद्भाव

blog

नेपाल बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृतिक विशेषतायुक्त सङ्घीय लोकतान्त्रिक मुलुक हो । विविधतासहितको एकतामा आधारित हाम्रो धर्म, संस्कृति र परम्परा एकअर्काको आस्था, भावना र परम्पराप्रति सहिष्णुतासहित सामाजिक सद्भाव र राष्ट्रिय एकता एवं स्वाधीनताको पक्षमा अनुबन्धित हुँदै आएको छ । विश्वमा नेपाल यस्तो मुलुक हो, जसले विविधताबिचको एकतालाई शब्दमा मात्र नभएर आस्था, विचार र कर्ममा समेत आत्मसात् गर्दै अगाडि बढिरहेको छ । संविधानले सबैलाई धर्म र मर्यादा अवलम्बन गर्ने हक सुनिश्चित गरेर बलियो राष्ट्र निर्माणको आधार सिर्जना गरेको छ । धर्मनिरपेक्षताको माध्यमबाट राज्यले प्रत्येक धार्मिक आस्थालाई स्वतन्त्रता दिएको छ तर एकअर्काको धर्ममा खलल पार्ने गरी कुनै काम, व्यवहार गर्न कानुनले निषेध गरेको छ । यस्तो अवस्था रहे पनि कोशी प्रदेशको धरान उपमहानगरपालिकामा पछिल्ला केही दिन धार्मिक द्वन्द्वात्मक गतिविधिले तनाव सिर्जना भयो तर शनिबार कुनै सांस्कृतिक आस्थामाथि चोट पु-याउने खालको गतिविधिको प्रतिवाद गर्ने नाममा आयोजित ¥याली अन्तिममा सद्भावको आह्वान गर्दै टुङ्गियो । सद्भाव, सहअस्तित्वको सम्मानकारी नेपाली परम्परा पुनर्पुष्टि गर्दै छ धरानले ।

सबै धर्मप्रति समान आदर गर्ने, कुनै धर्मावलम्बीप्रति धर्मका आधारमा भेदभाव नगरिने राज्यको नीति हो–धर्म निरपेक्षता । धर्म निरपेक्षता भनेको धर्मको विरोध होइन तर धर्मदेखि स्वतन्त्र हुनु हो । समभाव राख्नु पनि हो । राज्य वा समाजले कुनै एउटा धर्मलाई मात्र खास मान्यता नदिएर सबै धर्मलाई समान ठान्ने हो । धार्मिक आस्था व्यक्तिगत स्वतन्त्रताको कुरा हो । व्यक्तिलाई आफूले विश्वास गरेको धर्म र धार्मिक व्रिmयाकलापको अवलम्बन र अभ्यास गर्ने स्वतन्त्रता हुन्छ । आफ्नो स्वतन्त्रता उपभोग गर्दा अर्काको स्वतन्त्रता, आस्था, भावनामा चोट पु-याउनचाहिँ पाइँदैन । 

नेपाली संस्कृतिको कुनै उपसंस्कृतिमा गौहत्या र मांसाहार कल्पना पनि हुन सक्दैन, कुनै उपसंस्कृतिमा मांसाहार पाच्य छ । यो निरन्तर चलिरहेको छ भने किन कसैको आस्थामाथि चोट पुग्ने गरी सार्वजनिक द्वन्द्वको भान्छा खडा 

गरियो ? चिन्ता यो हो । विश्व सन्दर्भलाई हेर्दा प्रायः भाषा, धर्म, जातीय परिचय, क्षेत्र र राजनीतिक भिन्नताका आधारमा द्वन्द्वहरू सिर्जना हुने र जनमत प्राप्त गर्न राजनीतिक व्यक्तिले ती द्वन्द्व भड्काउन खोज्ने गरेको देखिन्छ । पराईले स्वार्थ पूरा गर्न त्यस्ता मान्छेलाई उक्साउँछन् । सांस्कृतिक परिचयको संवेदनशील कुरा उठाउने सजिलो नाराले समाजमा सुषुप्त वैरभाव घृणामा परिणत हुन पुग्छ जुनपछि सांस्कृतिक संहारमा परिणत हुन सक्छ । त्यस्तो अवस्था रोक्न अधिनायकवादी शासन निम्तिएका वा देश नै विखण्डनमा पुगेका छन् ।

हामी जुनसुकै जाति, भाषा, धर्म र सम्प्रदायका मानिसहरू भए पनि हाम्रो पहिचान नेपाली हो । लोकतान्त्रिक हाम्रो समाज कुनै एकल जात, धर्म सम्प्रदाय र संस्कृतिको छैन । प्रत्येक बस्तीमा विविध जाति, धर्म संस्कृति, भाषीको अन्तरघुलन छ । सामाजिक सम्बन्ध र सहकार्यबिना हाम्रो व्यक्तिगत जीवन र सामाजिक प्रणालीले पूर्णता पाउन सक्दैन । हाम्रो राजनीतिक, धार्मिक आस्था, संस्कृति परम्परा भिन्न होला तर हामीलाई छिमेकी, नाता, कुटुम्ब, विवाह, पूजा, पर्व, पँधेराले आपसमा बाँधेका छन् । व्यक्तिगत स्वभाव र संस्कृतिले जेलिएको हाम्रो सामाजिक प्रव्रिmया राजनीतिक वा धार्मिक भिन्नताले पनि टुटाउन सकेको छैन । एकता, सद्भाव र सहकार्य हाम्रो भावनात्मक सम्बन्धका साथै सामाजिक प्रगति र विकासका निम्ति निर्विकल्प, अपरिहार्य छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एवं विभिन्न राजनीतिक, धार्मिक अगुवाहरूले केही दिनयता धरानमा भइरहेको गतिविधिले हाम्रो सद्भाव र एकतामा नकारात्मक प्रभाव परेकोमा चिन्ता व्यक्त गर्दै चुनौतीको सामना संवादबाट गर्न सकिने बताउनुभएको छ । सांस्कृतिक विभेदका द्वन्द्व भड्किँदा गम्भीर सङ्कटमा पुगेका विश्वका कैयौँ मुलुकको कहालीलाग्दो इतिहासबाट शिक्षा लिएर हामीले परम्परागत मितेरी, सद्भाव र सहिष्णु व्यवहारपूर्ण सम्बन्धमार्फत साझा नेपाली परिचय, संस्कृति अझ विकसित गर्नु पर्छ । हरेक समस्या, विमति र चुनौतीहरूलाई संवाद, सहमति र सहकार्यको बलमा नै समाधान दिन सकिन्छ भन्ने तथ्य हरेक चुनौतीपूर्ण परिस्थितिमा हामीले नै प्रदर्शित गर्दै आएका छौँ । तसर्थ, धरानमा विद्यमान विभाजित मनोविज्ञान र व्रिmयाकलापलाई पनि संवादको माध्यमबाटै समाधान गर्न सबै पक्ष लाग्नु पर्छ । एकले अर्काको विचार, आस्था र भावनाको सम्मान गरेर मात्र साँचो अर्थमा राष्ट्रिय एकता हासिल गर्न सकिने छ ।