• २९ वैशाख २०८२, सोमबार

‘तिमि मेरो प्राण हौँ’ सार्वजनिक

blog

काठमाडौँ, वैशाख २९ गते । एभरेष्ट ग्यालरीले टिमले निर्माण गरेको अत्यन्तै प्रेमिल म्युजिक भिडियो ‘तिमि मेरो प्राण हौँ’ सार्वजनिक भएको छ । कोशी प्रदेशका इलाम तथा अर्जुनधारा नगरपालिका झापा आसपासका सुन्दर पर्यटकीय स्थानहरुमा छायाँकन गरिएको उक्त म्युजिक भिडियो निकै उत्कृष्ट बनेको छ ।

रन्जन राई तथा अनु चौधरीको युगल गायन रहेको उक्त गीतमा संगीत सौगात जंग थापाको रहेको छ भने शब्द रचना नेपाल सरकार कोशी प्रदेश सामाजिक विकाश मन्त्रालयका सचीव समेत रहनु भएका प्रभावशाली व्यक्तित्व हेम राज तामाङको रहेको छ ।

भिडियो गीतकार स्वयम् हेम राज तामाङकै युट्युव मार्फत सार्वजनिक गरिएको छ । भिडियोमा लोकप्रिय मोडल/कलाकार सनम कठायत र पुनम श्रेष्ठलाई प्रेमभावमा उत्कृष्ट तरिकाले प्रस्तुत गरिएको छ । उत्सव दाहालको छायाँकन, विकास दाहालको सम्पादनमा भिडियो निर्माण गरिएको छ ।

गीत संगीत, प्रविधि तथा कलाकारिताका माध्यमबाट देशै भरिका  सुन्दर प्रकृति, मौलिक संस्कृती तथा सामाजिक जनजिवनको प्रचारप्रसार तथा प्रवद्धनका निमित्त  एभरेस्ट ग्यालरीले थालेको राष्ट्रिय अभियान ‘दृश्यमा नेपाल’अन्तर्गत यो पटक कोशी प्रदेश पर्यटन वर्ष २०८२ लाई समेत टेवा पुग्ने गरी सहयोग गर्ने उक्त अभियानका अभियन्ता तथा कलाकार सनम कठायतले जानकारी दिनुभएको छ ।