• ७ जेठ २०८१, सोमबार

यस वर्षको वर्षा

सबैभन्दा बढी वर्षा लुम्लेमा, कम मुस्ताङमा मापन

blog

काठमाडौं, भदौ ७ गते । हिजो बुधबारबाट देशैभर पानी परिरहेको छ । मनसुनी न्यूनचापीय प्रणाली सरदरभन्दा उत्तरतर्फ सरेकाले अहिले देशभर वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पछिल्लो २४ घण्टामा सबैभन्दा बढी पानी नवलपुर, पाल्पा, झापा र लमजुङमा परेको देखिएको छ । जल तथा मौसम विज्ञान विभागको जल मापन स्टेसनको मापनका आधारमा नवलपुरमा सबैभन्दा बढी ११८.६ मिलिमिटर पानी परेको छ । यस्तै, पाल्पाको अर्चने मापन केन्द्रका अनुसार पाल्पामा ११८.२ मिलिमिटर पानी परेको छ । झापाको दमकमा १०८ र लमजुङमा ८२.४ मिलिमिटर वर्षा भएको देखिएको छ । 

पछिल्लो २४ घण्टामा सबैभन्दा बढी पानी नवलपुर, पाल्पा, झापा र लमजुङमा परेको देखिएको छ ।

यद्यपि पछिल्लो २४ घण्टामा देशका सबै स्थानमा बर्षा भएको छ । देशैभर अन्य स्थानमा ७० मिलिमिटरभन्दा तल बर्षा मापन भएको छ । 

लुम्लेमा सबैभन्दा बढी बर्षा, मुस्ताङ्मा कम

मौसमविद सुदर्शन हुमागाइँका अनुसार नेपालमा मनसुन भित्रिएपछि सबैभन्दा बढी पानी पोखराको लुम्लेमा परेको छ । जहाँ तीन हजार आठ मिलिमिटर पानी परेको छ । यस्तै, लमजुङ्को खुदीबजार र पोखरा विमानस्थल आसपासमा दुई हजार २२६ मिलिमिटर बर्षा मापन भएको उहाँको भनाइ छ । 

मौसमविद सुदर्शन हुमागाइँका अनुसार नेपालमा मनसुन भित्रिएपछि सबैभन्दा बढी पानी पोखराको लुम्लेमा परेको छ । जहाँ तीन हजार आठ मिलिमिटर पानी परेको छ ।

उहाँले भन्नुभयो, “जेठ ३१ गते नेपालमा मनसुन भित्रिएपछि अहिलेसम्म सबैभन्दा बढी पानी पोखराको लुम्लेमा परेको छ । त्यसपछि लमजुङको खुदीबजार र कास्कीकै पोखरा विमानस्थल आसपासमा मापन भएको छ ।”

अहिलेसम्म सबैभन्दा कम पानी मुस्ताङमा परेको छ । मुस्ताङ्मा १७०.५ मिलिमिटर मात्र बर्षा मापन भएको छ । हिमालपारीको जिल्ला समेत भएकाले मुस्ताङ र मनाङमा सधै कम बर्षा मापन हुनेगरेको उहाँले बताउनुभयो । मनाङमा २०० मिलिमिटर बर्षा मापन भएको छ ।

एक घण्टामा सबैभन्दा बढी बर्षा चिसापानीमा 

मनसुन नेपालमा प्रवेश गरेपछि अहिलेसम्म एक घण्टामा सबैभन्दा बढी पानी कर्णाली चिसापानीमा परेको छ । मौसमविद हुमागाइँका अनुसार कर्णाली चिसापानीमा एक घण्टामै ४२४.२ मिलिमिटर बर्षा मापन भएको छ । जुन साउन २३ मा मापन गरिएको उहाँको भनाइ छ ।  

औसत ९२ प्रतिशत बर्षा

गत बर्षको अगष्ट २४ को तुलनामा यस बर्षको सोही समयमा बर्षा औसत मात्राको ९२ प्रतिशत भएको छ । मौसमविद हुमागाईँका अनुसार यस बर्ष केही ठाउँमा कम बर्षा भए पनि कुनै ठाउँमा छोटो समयमै बढी बर्षा भएकाले औसतमा गत बर्षको तुलनामा ९२ प्रतिशत बर्षा भएको छ । 

उहाँले भन्नुभयो, “यस बर्ष कुनै ठाउँमा कम बर्षा मापन भए पनि कुनै स्थानमा भने छोटो समयमै धेरै बर्षा भएको छ । त्यसैले गत बर्षको तुलनामा यस बर्ष ९२ प्रतिशत पानी परेको देखिएको छ ।” 

मधेशमा कम बर्षा 

यस बर्ष मधेशमा कम बर्षा भएको छ । मौसमविद हुमागाइँका अनुसार मधेश प्रदेशमा कम बर्षा भएको छ । लुम्बिनी प्रदेशमा पनि सरदरभन्दा कम नै बर्षा मापन भएको छ । 

यस्तै, कोशी र गण्डकीमा सरदरभन्दा बढी बर्षा मापन भएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा औसतकै हाराहारीमा बर्षा मापन भएको उहाँको भनाइ छ ।

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।