• २२ वैशाख २०८१, शनिबार

पहिरोको जोखिममा वडा कार्यालय

blog

शेरबहादुर राई

ओखलढुङ्गा, भदौ ७ गते । सिद्धिचरण नगरपालिका–६ जन्तरखानीको वडा कार्यालय पहिरोको जोखिममा परेको छ । केही दिनदेखि परेको अविरल वर्षाका कारण वडा कार्यालय नजिकै गएको पहिरोले कार्यालय जोखिममा परेको हो । 

तत्कालका लागि वडा कार्यालयको कामकाज, स्वास्थ्य चौकी जन्तरखानीको नयाँ भवनबाट दिने व्यवस्था मिलाइएको वडाध्यक्ष मेखबहादुर मगरले बताउनुभयो । वडा कार्यसमितिको बैठक बसेर स्वास्थ्य चौकीको भवनबाट अस्थायी रुपमा वडाको कामकाज गर्ने निर्णय भएको अध्यक्ष मगरको भनाइ छ । 

यसैबीच वडा कार्यालयले गाउँ गाउँमै पुगेर सामाजिक सुरक्षा भत्ता लिने नागरिकहरुको भत्ता कार्डको नवीकरण गरिरहेको छ ।