• ४ जेठ २०८१, शुक्रबार

मन्दिर परिसरबाट हटाइयो मुख्यमन्त्रीको पोस्टर

blog

जनकपुरधाम समाचारदाता

जनकपुरधाम, साउन ३१ गते  । युवा समूहले जानकी मन्दिर प्राङ्गणमा लगाइएको मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको पोस्टर (ब्यानर) हटाएको छ । मास नामक युवा समूहले मन्दिर प्राङ्गणमा लगाइएको मुख्यमन्त्री यादवको ठुलो पोस्टर हटाएको हो । 

ती पोस्टरले मन्दिरको सौन्दर्यमा नकारात्मक असर पारेको भन्दै युवा समूहले मुख्यमन्त्रीसहित अन्य व्यापारिक प्रयोजनका लागि लगाइएका पोस्टरसमेत फालेको छ । केही दिनअघि मात्र जानकी मन्दिरको ठिकअगाडि रहेको जानकी फूलबारीमा तरकारी लगाई करेसाबारी बनाइएपछि त्यसको विरोध गर्दै मास युवा समूहले करेसाबारी मासेर पुनः फूलबारी बनाएको थियो । 

समाजमा भइरहेका कुरीति, विसङ्गति र भ्रष्टाचारविरुद्ध पटक पटक अवाज उठाउँदै आउनुभएका जनकपुरधामवासी सरोजकुमार मिश्रको नेतृत्वमा रहेको उक्त समूहले मुख्यमन्त्रीको तस्बिरलाई प्राथमिकता दिई राखिएको बोर्डले मन्दिरको महìव र सौन्दर्यमा आँच आएको भन्दै पोस्टर हटाएको हो । समूहका नेतृत्वकर्ता मिश्रले जानकी मन्दिरपरिसरमा अनैतिक रूपले लगाइएको गैरधार्मिक पोस्टरहरूसमेत हटाइएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “पटक पटक सरोकारवालालगायत मुख्यमन्त्री, प्रमुख जिल्ला अधिकारी, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख तथा महन्थको ध्यानाकर्षण गराउँदा पनि चासो नदिएपछि मङ्गलबार हटाउनु परेको हो ।” आगामी दिनमा त्यस स्थलमा धार्मिक स्थल एवं परिव्रmमाको विशेषतासहितको बोर्ड र ब्यानर लगाउने योजना मास समूहको रहेको उहाँको भनाइ छ ।