• ११ मंसिर २०८१, मङ्गलबार

गण्डकी गङ्गा आरती हेर्न भक्तजनको भीड

blog

देवघाटस्थित धर्म दर्शन आश्रम परिसरमा गण्डकी गङ्गा आरतीमा भक्तजनको घुइँचो । तस्बिरः राममणि दाहाल

राममणि दाहाल
देवघाटधाम (चितवन), साउन २८ गते ।
चितवनको देवघाटस्थित धर्म दर्शन आश्रममा दैनिक साँझ हुने गरेको गण्डकी गङ्गा आरतीमा भक्तजनको घुइँचो लाग्ने गरेको छ ।

चतुर्मासको अवसर पुरुषोत्तममास माहात्म्य सङ्गीतमय कथा वाचनसँगै दैनिक साँझ ६ः३० बजेबाट धर्म दर्शन आश्रम परिसरमा गण्डकी गङ्गा आरती हुँदै आएको छ ।

धर्म दर्शन आश्रम परिसरमा शनिबार साँझ पानी, झरीको पर्वाह नगरी भक्तजन गण्डकी गङ्गामा पुगेका थिए । आकर्षक गण्डकी गङ्गा आरतीको क्रममा देवघाटमा रहेको कन्या गुरुकुलुम श्री रामजानकी बालिका आश्रम र रामजानकी गार्गी गुरुकुलुमका किशोरीहरुको भजन भक्तजनलाई मोहित बनाएको थियो ।

हरिशयनी एकादशी असार १४ देखि सुरु भएको पुरुषोत्तममास माहात्म्य सङ्गीतमय कथा वाचन मङ्सिर ११ गतेसम्म चल्नेछ । पुरुषोत्तममास माहात्म्य सङ्गीतमय कथा वाचन कथाव्यास पण्डित कुवेर सुवेदीले गर्दै आउनुभएको छ ।