• २७ वैशाख २०८२, शनिबार

दोलखामा बस दुर्घटना २१ जना घाइते

blog

सुजन काफ्ले 

चरिकोट, साउन २६ गते । दोलखाको तामाकोसी गाउँपालिका र बैत्यश्वर गाउँपालिका सिमानास्थित  गोपीखोलामा बस दुर्घटना भएको छ । बैत्यश्वर गाउँपालिकाको मिर्गेबाट काठमाडौँ आउँदै गरेको बा २ ख ५४२९  नम्बरको बस गोपीखोलामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ  ।

दुर्घटनामा परेर २१ जना घाइते भएका छन् । घाइतेहरूलाई सदरमुकाम चरिकोटमा रहेको  दोलखा सामुदायिक अस्पताल   १२ जना र च्छोरोल्पा  अस्पतालमा ९ जनाको  उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।