• ८ वैशाख २०८१, शनिबार

नयाँ बानेश्वरमा ट्याक्सी चालकको प्रदर्शन

blog

काठमाडौं, साउन २५ गते । नेपालमा काम गर्ने भारतीय गाडीलाई निषेध गर्न माग गर्दै काठमाडौँको नयाँ बानेश्वरमा ट्याक्सी चालकहरूले प्रदर्शन गरेका छन् । नयाँ बानेश्वर यातायात व्यवस्था विभाग अगाडि भेला भई मजदुर चालक स्वतन्त्र सङ्घर्ष समितिले भाडाको काम गर्ने, निजी प्रयोजन गर्ने सवारीसाधन तत्काल बन्द गरी भारतीय गाडीलाई निषेध गर्न माग गरेका हुन् । 

विरोध प्रदर्शनका क्रममा बोल्दै नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी चालक समाजका महासचिव दिलीपकुमार श्रेष्ठ निजी गाडीले सार्वजनिक सवारीको काम गरिरहेकोप्रति आफूहरूको असन्तुष्टि रहेको बताउनुभयो । उहाँले निजी गाडीले सार्वजनिक सवारीको काम गर्नु नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी चालक समाजको केन्द्रीय महासचिव यातायात व्यवस्था ऐन, २०४९ को दफा ८ र १२ विपरीत भएको बताउनुभयो । 

“निजी गाडीले सार्वजनिक सवारीको काम गरिरहेको छ । त्यो यातायात व्यवस्था ऐन, २०४९ को दफा ८ र १२ विपरीत छ । हामीले पटक-पटक ज्ञापन पत्र बुझायौँ । तर कार्यान्वयन गर्छौँ गर्नुभयो, तर कार्यान्वयन भएन । हाम्रो माग आम सर्वसाधारणले पनि थाहा पाउन भनेर माग गर्न विरोध गरेका हौँ,” महासचिव श्रेष्ठले भन्नुभयो ।

प्रदर्शनकारी यातायात मजदुरहरूले काठमाडौँ उपत्यकामा ट्याक्सी स्ट्यान्ड व्यवस्थापन गरी साँचो खोस्ने, चालकलाई दुर्व्यवहार गर्ने काम बन्द गर्नुपर्ने, अङ्ग्रेजीमा लेखिएको इम्बोस्ड नम्बर खारेज गर्नुपर्ने, नेपाली अङ्क पहिचानसहितको नेपाली संम्वत जिपीएस नम्बर कायम गर्नुपर्ने, तेस्रो पक्ष बिमाबाट दुर्घटना भएकोलाई सम्पूर्ण उपचार खर्च राज्यबाट लागू गरी मृत्यु भएमा २५ लाखको राहत प्रदान गर्नुपर्ने, ट्याक्सी मिटर सिल चुँडिँदा गाडी साहु र चालक जेल जानुपर्ने कानुन खारेज गर्नुपर्ने, नेपालभरका ट्याक्सी भाडादर एउटै कायम गरी अन्तर्राष्ट्रिय नीति लागू गर्नुपर्ने, नेपाल सरकारको मातहतमा एप्सलाई जडित गरी सम्पूर्ण एप्स खारेज गर्नुपर्ने, एप्स र मिटरको भाडा बराबर गरी सञ्चालन गर्नुपर्ने, सम्पूर्ण गाडीको भन्सार २६० प्रतिशत छुट गरी यातायात सञ्चालन गर्नुपर्ने, यातायातका सेतो, पहेँलो, हरियो, निलो, रातो र कालो प्लेटको सम्मान व्यवहार गर्नुपर्ने लगायतका माग राखी विरोध प्रदर्शन गरेका हुन् ।