काठमाडौं, साउन १२ गते । काठमाडौंको चन्द्रगिरि नगरपालिका–४ पानीघाट नजिक हिमचुलीमा सवारी साधन दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । शुक्रबार बिहान बा १० च ३५४६ नम्बरको भ्यान सडकबाट करिब दुई सय मिटर तल खसी दुर्घटना भएको हो ।
मृत्यु हुनेमा सिन्धुलीका २० वर्षीय चालक नवराज थोकर र काभ्रेका ४५ वर्षीय यात्रु अनिल तामाङ रहेको प्रहरी नायब उपरीक्षक नारायण अधिकारीले जानकारी दिनुभयो ।
काठमाडौंबाट चित्लाङतर्फ जाने क्रममा हिलोमा फसेको उक्त भ्यानलाई धकेल्दा सडकबाट खसेको थानकोट प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गाडी धकेल्नका लागि तल ओर्लिएका कारण तीन जना भने बाँच्न सफल भएका छन् । रासस