आधुनिक चिकित्सा प्रणालीको शुभारम्भ भएसँगै वीर अस्पताल स्थापना भएको हो । राणा प्रधानमन्त्री वीर शमशेरले विसं १९४५ (सन् १८८८) मा जनताका खातिर स्वास्थ्य उपचारका लागि पहिलो आधुनिक अस्पतालका रूपमा वीर अस्पताल खडा गरेका हुन् । विसं १९४७ को साउन महिनामा रानीपोखरीनजिक राष्ट्रिय नाचघर भएको स्थानमा वीर शमशेर र राजा पृथ्वीविव्रmमको नामबाट ३० श-याको एक अस्पताल स्थापना भएको हो । यो नाम तत्कालीन राजा पृथ्वीवीर विक्रम शाह र प्रधानमन्त्री वीर शमशेरको नामबाट मिलाइएको हो । त्यसभन्दा पहिला उपचार चाहिए भारतीय केन्द्रमा रहेको सानो अस्पतालमा जानुपथ्र्यो ।
त्यसो त थापाथली दरबारमा सिंहदरबार वैद्यखाना थियो । वीर अस्पतालको स्थापना कालमा उपचार सेवाका लागि भारतबाट डा.गोपाल चन्द्र गांगुलीलगायत अन्य स्वास्थ्यकर्मी झिकाइएको पाइन्छ ।
विसं १९७८ मा कलकत्ताबाट नेपाली आमाछोरा सिद्धिमणि आदीले डा.परीक्षा पास गरेपछि मात्र नेपाली डाक्टरबाट जनताले सेवा पाउन थालेका हुन् । बेलायती शैलीमा वीर अस्पतालकै नामबाट अन्य भागका पनि अस्पताल स्थापना गरिएको पाइन्छ । वीरगन्ज, जलेश्वर, हनुमान नगर, (राजविराज) नेपालगञ्ज तौलिहवा यसका उदाहरण हुन् । काठमाडौँको खोकनामा कुष्ठरोग केन्द्र स्थापना गरियो । वीर अस्पतालका रूपमा स्थापित गरिएको थियो । वीर अस्पतालको हैजा अस्पताल कालान्तरमा सङ्क्रमण रोग अस्पतालका रूपमा स्थापित भयो । १९४७ साल (सालमा) नै स्थापित सङ्व्रmमण रोग स्थापित सरुवा रोग अस्पताललाई हालको टेकु ट्रपिकल अस्पताल बनाइयो । २००७ सालको क्रान्तिपछि शुक्रराज तथा सरुवा रोग अस्पताललाई र सङ्क्रमण रोग अस्पतालमा विकास गरी टेकु सारिएको थियो ।
वीर शमशेर आफैँ रोगी थिए भन्ने अपुष्ट तथ्य पछि पुष्टि भएको छ । विसं १९५६ मा वीर शमशेरले रगत वान्ता गरेका थिए । जुन रोगलाई वनारसका एक काना बाबा (जोगी) ले उपचार गरी निको पारेका थिए ।
चन्द्र शमशेर महाराज पनि क्षयरोगका बिरामी थिए भन्ने पुष्टि हुन्छ । अतः चन्द्र शमशेरलाई औषधी गर्न टोखामा क्षयरोग केन्द्र खोलियो । आयुर्वेद विद्यातर्फ चन्द्रनिघन्टु ग्रन्थ लेखाइएको थियो । जुन हाल सिंहदरबार वैद्यखानामा पढ्न पाइन्छ । विसं १९६१ मा चन्द्र शमशेर शिकारका लागि सिमरा जाँदा चन्द्र शमशेर बिरामी परेर नेपाल खाल्डोका रूपमा चिनिने काठमाडौँ झिकाएर भक्तपुरमा चन्द्रलोक अस्पताल स्थापना गरी उपचार गरिएको पाइन्छ ।
वीर अस्पताललाई राम्रोसँग सञ्चालन गर्न भनी काठमाडौँ उपत्यका र तराईका बारा, पर्सा, चितवन, बुटवल, परासी आदि स्थानमा प्रशस्त जग्गा जमिन छुट्याइएको थियो । त्यसको आम्दानीबाट वीर अस्पताललगायत पाँच वटा क्षेत्रमा भएका अस्पताल चलाउन सजिलो होस् भन्नका लागि जग्गा (खेती गरी) राखिएको थियो । २०५३ सालमा वीर अस्पतालको जग्गा जमिनमा भएको खेतीको खोजी गर्न एउटा समिति बनाइएको थियो । जसका अध्यक्ष धु्रवलाल जोशी थिए ।
उक्त जग्गाको खोजीनीति र लेखाजोखा भने केही भएन । बाँके, बर्दिया, दाङ, आदि पूर्वी तराईमा कति धान खेती, कति बारी थियो भन्ने यकिन गर्भमै रह्यो ।
वीर अस्पतालको जग्गाजमिन जायजेथा खोजेर सदुपयोग गरेमा वीर अस्पताल र चिकित्सा विज्ञान प्रतिष्ठान सञ्चालन गर्न सहज मात्र हुने थिएन आमनेपालीलाई निःशुल्क उपचार सेवा दिन सघाउ पुग्ने थियो । कुनै पनि शाखा सञ्चालन गर्ने व्यक्तिको इतिहास मेट्दै जाने हो भने आउँदा दिनमा समाज सेवामा केही गरौँ भन्ने मानव लोप हुँदै जाने अवस्था सिर्जना भएको छ । वीर अस्पताल वीर शमशेरको ऐतिहासिक धरोहर भएकाले उनको सम्मान र सालिक निर्माण गरी वीर शमशेर स्वास्थ्य पुरस्कार घोषणा गरौँ ।
राम्रो काम गर्ने व्यक्तिको सम्मान गर्नु नेपालीको ऐतिहासिक परम्परा हो । यसले निरन्तरता पाउँदा सांस्कृतिक वा ऐतिहासिक मान्यताको सम्मान हुने छ । यो अस्पताल २०६० सालदेखि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गत सञ्चालन गर्न थालिएको छ । ५३५ शøयाबाट आज ९५० श-यामा पुगेको छ ।
हरेक वर्ष बिरामीको चाप बढेको छ । दक्ष जनशक्ति र उपचारका लागि आधुनिक उपकरण र औजारको खाँचो बढेको छ । वीर अस्पतालमा एमडी र एमएस स्नातकोत्तरको पढाइ भए तपाईं हाम्रा छोराछोरीले आधुनिक चिकित्सा विज्ञान पढ्न ठुलो रकम खर्चेर विदेश जानुपर्ने थिएन । अर्थतन्त्रका सूचकमा पनि केही राहत हुने थियो । बाबुआमालाई आफ्ना छोराछोरी पढाउँदा जग्गा जमिन बैङ्कमा धरौटी राख्नु पर्ने अवस्था आउने थिएन ।
नेपालमा रहेका वरिष्ठ चिकित्सक कुनै न कुनै समयमा वीर अस्पतालमा सेवा गरेकै हुन्छन् । विभिन्न विधाका धेरै जनशक्तिले यहाँबाट तालिमप्राप्त गरेका छन् । वीर अस्पतालमा स्थापित चिकित्सा शास्त्र राष्ट्रिय प्रतिष्ठान गठन हुनु स्वास्थ्य क्षेत्रको प्राज्ञिक संस्थागत, संस्थागत विकासका दृष्टिले उल्लिखित प्रगति हो । देशका विभिन्न क्षेत्रका जनतामा वीर अस्पतालको पहुँच पु¥याउने अहिलेको आवश्यकता हो । चिकित्सा शास्त्र प्रतिष्ठान स्वायत्त हुनु पर्छ । हालसम्म पनि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान र वीर अस्पतालको सम्बन्ध पृथक् पृथक् धारमा रहेको छ । चिकित्सा शास्त्र राष्ट्रिय प्रतिष्ठान अलग नगराएमा भोलिका दिनमा राज्यका मातहतमा भएका अस्पतालमा चिकित्सकको कमी हुने छ । उदाहरणका लागि काठमाडौँ बाहिर चिकित्सक पठाउन गाह्रो हुने छ । पहुँच र आदेशका चिकित्सकलाई सरुवा बढुवा गर्नु हुँदैन । तसर्थ काठमाडौँ बाहिरका स्वास्थ्य संस्था नेपाल सरकारको माताहतमा हुन पर्छ । सरकारी अस्पताल वा केन्द्रीय अस्पतालमा सरकारी चिकित्सकको कार्यथलो हुनु पर्छ । यसो हुन सके विशेषज्ञ सेवा र अरू जटिल शल्यक्रियामा सघाउन पुग्ने छ ।
प्रत्येक स्वास्थ्य संस्था विकेन्द्रित हुनु जरुरी छ । सङ्घीय गणतन्त्रको अभ्यास भएको बेला स्वास्थ्य सेवा पनि गणतन्त्रमय हुनु जरुरी छ । गणतन्त्र जनताका लागि हो भने प्रत्येक प्रदेशमा केन्द्रीय अस्पताल वा स्रोत साधनयुक्त स्वास्थ्यालय हुनुपर्ने हो । नेपालको संविधानले नेपाली जनतालाई स्वास्थ्य र शिक्षा निःशुल्क भनेको छ । यो लेख्नकै लागि मात्र लेखिएको प्रतित हुन्छ । व्यवहारगत कहिले हुने हो । वीर अस्पताल स्वास्थ्य विज्ञान प्रतिष्ठान काठमाडौँमा छ भने बाल स्वास्थ्य प्रतिष्ठान पूर्वाञ्चलमा, प्रसूति विज्ञान प्रतिष्ठान पश्चिममा हुनुपर्ने हो ।
निजी क्षेत्रबाट स्थापना भएका भैरहवा, नेपालगन्ज, पूर्वाञ्चल आदिको स्वास्थ्य अवस्था र त्यसको प्रवर्धन कस्तो छ भनेर अनुगमन गर्न जरुरी छ । अस्पताल मापदण्डमा पर्छन् कि पर्दैनन्, त्यो थाहा हुनु प-यो । हाल आएर स्कुल, कलेज र बैङ्क गाभिने जस्तो रोग स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हुनु भएन । दरबन्दी चाँडो पूर्ति गर्नु प¥यो । एक फ्याकल्टीका लागि मात्र प्रतिष्ठान तयार हुनुभएन, यसले अन्तरद्वन्द्व निम्त्याउँछ ।