• १३ साउन २०८१, आइतबार

प्रधानमन्त्री र विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशकबीच भेटवार्ता

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’र विश्व खाद्य कार्यक्रमका का कार्यकारी निर्देशक सिन्डीबीच भेटवार्ता हुँदै । तस्बिर : प्रदीपराज वन्त

काठमाडौं, साउन ८ गते । इटाली भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशक  सिन्डी म्याकअनबीच भेटवार्ता भएको छ । 

प्रधानमन्त्री प्रचण्डले खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा आयोजित ‘युनाइटेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मोमेन्ट’ लाई आज सम्बोधन गर्नुभएको छ । त्यसपछि उहाँ र विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशकबीच भेटवार्ता भएको हो । 

यसअघि प्रधानमन्त्री प्रचण्ड’ र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसबीच भेटवार्ता भएको थियो ।

यो पनि पढ्नुहोस

३७ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा