• ४ जेठ २०८२, आइतबार

एमाले अध्यक्ष ओली आज स्वदेश फर्किनुहुँदै

blog

नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली ।

गोरखापत्र अनलाइन

काठमाडौं, साउन ८ गते । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली कम्बोडियाको भ्रमण सम्पन्न गरी आज (सोमबार) साँझ स्वदेश फर्कँदै हुनुहुन्छ । 

एमाले अध्यक्ष ओलीका प्रेस संयोजक रामशरण बजगाँइले आज राति १० बजे उहाँ नेपाल फर्कनुहुने जानकारी दिनुभयो । 

निर्वाचन पर्यवेक्षणका लागि साउन २ गते अध्यक्ष ओली कम्बोडिया जानुभएको थियो । उहाँसँगै पत्नी राधिका शाक्य, एमाले उपमहासचिव विष्णु रिमाल र ओलीका स्वकीय सचिव राजेश बज्राचार्य कम्बोडिया जानुभएको छ ।

कम्बोडिया भ्रमणका क्रममा अध्यक्ष ओली निर्वाचन अनुगमनसँगै त्यहाँका नेताहरूसँग राजनीतिक भेटघाट समेत गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । यसअघि उहाँ प्रधानमन्त्री हुँदा कम्बोडिया भ्रमणमा जानुभएको थियो ।