• १३ साउन २०८१, आइतबार

प्रधानमन्त्री प्रचण्ड र युआनबीच भर्चुअल माध्यमद्वारा छलफल

blog

चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डलको नेतृत्व गरेर नेपाल भ्रमणमा रहनुभएका युआन जियाजुनसँग भर्चुअल माध्यमद्वारा छलफल गर्नुहुँदै प्रधानमन्त्री पुस्पकमल दाहाल ‘प्रचण्ड’ ।

काठमाडौँ, साउन ७ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डलको नेतृत्व गरेर नेपाल भ्रमणमा रहनुभएका नेता युआन जियाजुनले आइतबार दिउँसो भर्चुअल माध्यमद्वारा छलफल गर्नुभएको छ ।

भेटमा दुई देशको आपसी हितका विषयमा छलफल भएको छ । प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा आयोजना गरिएको ‘युनाइटेड नेशन्स फुड सिस्टमस्–२०२३ स्टकिङ मोमेन्ट’मा भाग लिन आइतबार मात्र इटाली पुग्नुभएको छ ।