काठमाडौं, साउन ७ गते । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष पम्फा भुसालको नेतृत्वको पाँच सदस्यीय टोली आज भारत जाँदैछ । माओवादी केन्द्रकी उपाध्यक्ष भुसालले आइतबार अपराह्न ५ बजे भारत जाने कार्यतालिका रहेको जानकारी दिनुभयो ।
यस्तै, माओवादी केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्याय ‘निर्मल’ ले भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणमा पाँच सदस्यीय टोली भारत जान लागेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “दुई देशका पार्टीबीचको अन्तर सम्बन्ध व्यवस्थित गर्ने विषयमा हो । पहिला पनि भाजपाका नेता नेकपा हुँदा पनि आएका थिए । त्यही शीलशीलामा भाजपाको निमन्त्रणमा जान लागिएको हो ।”
भुसालसँगै सत्य पहाडी, रामेश्वर राय यादव, चक्रपाँडी खनाल, सुरेश कुमार राई भारत जाँदै हुनुहुन्छ । उहाँले सो टोली ६ दिन भारत भ्रमणमा रहनुहुने जानकारी दिनुभयो ।