• २३ असार २०८२, सोमबार

सुन तस्करीमा कार्यस्थलका कर्मचारी नै प्रमुख दोषी : वामदेव गौतम

blog

पूर्व उपप्रधान तथा गृहमन्त्री वामदेव गौतम । फाइल तस्बिर

काठमाडौं, साउन ६ गते। पूर्व उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले सुन तस्करीमा कर्मचारी नै दोषि रहेको बताउनुभएको छ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो।उहाँले सुन तस्करीमा जाँच गर्दै जाँदा लहरो तान्दा पहरो गर्जने बाहेकका अनियमिततामा राजनीतिक व्यक्तिको संलग्नता हुन नसक्ने बताउनुभयो।

उहाँले सुन तस्करी प्रकरणमा मुख्य दोषी कार्यस्थलमा खटिएका कर्मचारी हुने बताउनु भएको हो। उहाँले सुन तस्करले सबैतिर सेटिङ मिलाएर ल्याएकाले नै विमानस्थलमा पक्राउ नपरेको बताउनुभयो।उहाँले राजश्व अनुसन्धान, नेपाल प्रहरी र भन्सारलाई यसबारेमा पहिला नै जानकारी रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘सुन तस्करीमा जाँच गर्दै जाँदा लहरो तान्दा पहरो गर्जने जस्ता हाम्रा उखान छन्।मन्त्री र प्रधानमन्त्री भन्दा त्यहाँ खटेका कर्मचारी नै मुख्य दोषी हुन्छन्।यस्ता विषयमा अरुलाई जोड्नु हुँदैन।सुन कुन ठाउँबाट आयो ? हङकङबाट आयो, त्यो जत्तिको सुरक्षित ठाउँ अन्त छैन।त्यहाँ कस्तो जालो रहेछ भन्ने देखिएको छ।यहाँको जालो पनि विभिन्न समयमा देखिएको छ।तस्करीको सुन धेरै ठाउँमा छानबिन हुन्छ।त्यसैले सबै सेटिङ मिलाएर ल्याएको हो ।’’

नेता गौतमले सुन तस्कर हुनका लागि राजनीतिक संलग्नता हुनुनपर्ने र यस प्रकरणमा पनि राजनीतिक संलग्नता नरहेको जिकिर गर्नुभयो।