डिलबहादुर सिंह
डोटी, असार २८ गते । चट्याङ लागेर डोटीको बडिकेदार गाउँपालिकामा एक जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय डोटीबाट प्राप्त भएको जानकारीअनुसार घर नजिकै बाख्रा चराइरहेको अवस्थामा चट्याङ पर्दा बडिकेदार गाउँपालिका –५ दुधिला गाउँका ६५ बर्षीय हर्कबहादुर बोहराको ज्यान गएको हो ।
विहीबार दिउँसोे २ बजेर ३० मिनेटमा परेको चट्याङले ६ बाख्रा समेत मरेका छन् । पछिल्लो समय पानी परेपछि चट्याङ पर्नेक्रम पनि बढेको छ ।