• १५ मंसिर २०८१, शनिबार

पहिरो अवरुद्ध खसेर कान्ति लोकपथ सञ्चालनमा

blog

फाइल तस्बिर

राममणि दाहाल

हेटौँडा, असार २८ गते । कान्ति लोकपथको मकवानपुरतर्फको भागमा बिहीबार गएको पहिरोका कारण अवरुद्ध भएको सडक साँझ ८ बजेपछि 

सञ्चालनमा आएको छ । कान्ति लोकपथको मकवानपुर बकैया गाउँपालिका –११ स्थित सिमात सडक खण्डमा वर्षाको कारण बिहीबार १७ः१० बजेको समयमा पहिरो जाँदा सडक अवरुद्ध बनेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बकैया गाउँपालिका –११ मा करिब ३०–३५ मिटर पहिरो खसी सडक अवरुद्ध बनेको हो । सडक अवरुद्ध भएको स्थानमा प्रहरी परिचालन गरी पहिरो हटाउन डोजर व्यवस्थाका लागि सडक कार्यालयसँग समन्वय गरिएको  मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले बताउनुभयो । सडक पहिरोका कारण अवरुद्ध भएको स्थान हेटौँडाबाट करिब ३० किमी उत्तर–पूर्वतर्फ पर्छ ।