• ११ पुस २०८१, बिहिबार

समयमा मलको व्यवस्था हुन सकेन : सांसद मिश्र

blog

राष्ट्रिय सभा सांसद नारायणदत्त मिश्र ।

काठमाडौं, असार २६ गते । राष्ट्रिय सभा सांसद नारायणदत्त मिश्रले समयमा मलको व्यवस्था हुन नसकेको बताउनुभएको छ । मङ्गलबार राष्ट्रिय सभाको बैठकमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

सांसद मिश्रले भारतबाट किसानले एक–दुई बोरा मल ल्याउँदा समात्ने तर ट्रकका ट्रक पास हुने मल समातेको भन्ने कुरा नसुनेको भन्दै सरकारप्रति कटाक्ष गर्नुभयो । उहाँले अवैधानिक बाटोबाट मल ल्याउनेहरूलाई कारबाही गर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘समयमा मलको पर्याप्त व्यवस्था हुन सकेको छैन । भारतबाट एक–दुई बोरा मल ल्याउने किसानको मल समातिएको छ । ट्रकका ट्रक पनि पास हुन्छ भन्छन्, त्यो पक्रेको मलाई थाहा छैन ।’’

राष्ट्रिय सभा सांसद मिश्रले कैलालीमा पानी पर्न नसक्दा किसानहरूले रोपाइँ गर्न नसकेकोप्रति सिँचाइको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।