• १५ मंसिर २०८१, शनिबार

भ्रष्टाचारविरुद्धको अभियानमा सरकारलाई सहयोग गर्छौँ : सभापति लामिछाने

blog

प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रबि लामिछाने । तस्बिर : केशब गुरुङ

काठमाडौं, असार २५ गते । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछाने सरकारले अघि बढाएको भ्रष्टाचारविरुद्धको अभियानमा आफ्नो पार्टीको साथ रहने बताउनुभएको छ ।

सोमबार बसेको प्रतिनिधि सभा बैठकमा सभापति लामिछानेले मिटरब्याज पीडितलाई न्याय दिनका लागि सरकारले अघि सारेको काम सकारात्मक रहेको भन्दै रास्वपाको पूर्णसमर्थन रहने समेत स्पष्ट पार्नुभयो ।

उहाँले राष्ट्रिय स्वाधीनता र स्वाभिमानताका विषयमा यसरी संसदमा जवाफ दिनुपर्ने वातावरण फेरि सिर्जना नहोस् भनी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गराउनुभयो ।

नेकपा (एमाले)का सांसद गोकुल बास्कोटाले समसामयिक विषयमा उठेका विषयमा प्रधानमन्त्रीले सदनलाई जवाफ दिएर विश्वासको वातावरण सिर्जना गर्नुपर्ने माग गर्नुभयो । उहाँले मुलुकको सार्वभौमिकताको प्रवर्द्धनमा सबै जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष समेत रहनुभएका सांसद राजेन्द्र लिङ्देलले प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्तिबारे सदनलाई स्पष्ट जवाफ दिनुपर्ने माग गर्नुभयो । रासस