• १५ मंसिर २०८१, शनिबार

कोशीको मुख्यमन्त्री नियुक्तिविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा

blog

काठमाडौं, असार २५ गते । कोशी प्रदेशको मुख्यमन्त्री नियुक्तिविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ । सोमबार सर्वोच्च अदालतका न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले उक्त मुद्दा हेर्न नभ्याइने सूचीमा राखेको हो । यसअघि आइतबार पनि हेर्न नभ्याइनेमा परेको थियो ।

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति असंवैधानिक रहेको भन्दै कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले शुक्रबार वारेसमार्फत सर्वोच्चमा रिट निवेदन दर्ता गराउनुभएको थियो ।

एमाले संसदीय दलका नेता कार्कीले प्रदेश प्रमुख परशुराम खापुङ, प्रदेश प्रमुखको कार्यालयलगायतलाई विपक्षी बनाएर रिट निवेदन दर्ता गर्नुभएको हो ।