• ७ वैशाख २०८१, शुक्रबार

घर भत्किदा एक जनाको मृत्यु

blog

दिलबहादुर सिंह

डोटी, असार २३ गते । डोटीको दिपायल सिलगढी नगरापालिका –५ गैरामा घर भत्किँदा च्यापिएर एक जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय डोटी प्रहरी निरीक्षक लक्ष्मीराज जोशीका अनुसार शनिबार राति घरमा सुतिरहेको समयमा घर भत्किँदा स्थानीय ३० बर्षीया गङ्गा मलासीको ज्यान गएको हो । 

घटनाको बारेमा जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय डोटीबाट गएको प्रहरी टोलीले आइतबार बिहान ५ बजे मृतकको शव भत्किएको घरबाट निकालेका थियो । घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।