• १० मंसिर २०८१, सोमबार

सम्बन्ध प्रगाढ बनाउन भेटवार्ता

blog

काठमाडौँ, असार २२ गते । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले अजरबैजानका राष्ट्रपति इहाम हैदर ओग्लु अलियेभसँग भेटवार्ता गर्नुभएको छ। असंलग्न आन्दोलन समूहको मन्त्रीस्तरीय बैठकमा सहभागी हुन अजरबैजानको राजधानी बाकुमा रहनुभएका मन्त्री साउदले बिहीबार त्यहाँका राष्ट्रपति अलियेभसँग भेटवार्ता गर्नुभएको हो। भेटमा द्विपक्षीय हित तथा दुई देशबिचको सम्बन्ध थप प्रगाढ बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

यसैबिच मन्त्री साउदले विभिन्न मित्रराष्ट्र मुलुकका आफ्ना समकक्षीसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको छ। सो क्रममा अजरबैजानका विदेशमन्त्री जेहम अजिज ओग्लु बेरामोभसँग भेटवार्ता गरेर द्विपक्षीय तथा बहुपक्षीय भाबी सहकार्यका विषयमा छलफल गर्नुभयो। उहाँले असंलग्न आन्दोलन समूहको मन्त्रीस्तरीय बैठकको अध्यक्षता गरेर सफलतापूर्वक सञ्चालन गर्नुभएकोमा बधाई दिनुभयो। त्यसैगरी मन्त्री साउदले मित्रराष्ट्र श्रीलङ्काका विदेश राज्यमन्त्री थारक्का बलासुरियासँग भेटवार्ता गर्दै विविध विषयमा छलफल गर्नुभयो। माल्दिभ्सका विदेश राज्यमन्त्री अहमद खलिलसँग पनि मन्त्री साउदले द्विपक्षीय भेट गर्नुभयो।