• २० असोज २०८१, आइतबार

बाढीले डाइभर्सन बगाएपछि मोरङमा सडक अवरुद्ध

blog

बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध भएको मोरङको कानेपोखरी–रङ्गेली सडक । तस्बिर : हरि कोइराला

हरि कोइराला
उर्लाबारी, असार २० गते ।
मोरङको कानेपोखरी–रङ्गेली सडक अवरुद्ध भएको छ । बुधबार बिहानदेखि परेको अविरल वर्षापछि गेउरिया खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि सडक अवरुद्ध भएको हो ।

कानेपोखरी–रङ्गेली सडकअन्तर्गत रङ्गेली नगरपालिकाको वडा नं.९ र कोनेपोखरी गाउँपालिकाको वडा नं.२ लाई जोड्ने गेउरिया खोलामा नौ वर्षदेखि सुरु भएको पुल अझै बनिसकेको छैन । पछिल्लो पटक म्याद थपेर असार मसान्तसम्ममा सुचारु हुने भनिएको पुल १५ दिन अघि ढलाइ भएको हो । 

कानेपोखरी २ का वडा सदस्य भीमबहादुर कार्कीले भन्नुभयो, ‘‘ढलाइ भएको दुई साता मात्रै भएको छ, पानीको बहाव बढेकाले पुल पनि उच्च जोखिममा परेको छ ।’’