• २० असोज २०८१, आइतबार

चट्याङ लागेर एक बालकको मृत्यु, दुई घाइते

blog

विष्णुप्रसाद पोखरेल
दमक, असार २० गते ।
झापाको गौरिगन्ज गाँउपालिकामा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

बुधबार बिहान गाउँपालिकाको वडा नं. ६ खजुरगाछी कन्चिरा भन्ने ठाउँमा चट्याङ लागेर स्थानीय प्रसदिया सरदारका १५ वर्षीय छोरा विजय सरदारको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय गौरिगन्जले जनाएको छ । घरायसी काम गर्न खेतमा रहेको अवस्थामा चट्याङ पर्दा विजयको मृत्यु भएको हो ।

चट्याङले लागेर सोही ठाउँ बस्ने १६ वर्षीय मनिजुर आलम र २० वर्षीय सिकन्दर आलम घाइते हुनुभएको छ । बिहान साढे ९ बजे परेको चट्याङले घाइते बन्नु भएकाहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ । घाइतेहरु खतरामुक्त रहेको प्रहरीले जानकारी दिएको छ ।