• ११ असोज २०८१, शुक्रबार

प्रदेश सभा बैठक : बजेटमाथि मन्त्रालयगत छलफल हुँदै

blog

बागमती प्रदेश सभा भवन ।

राममणि दाहाल

हेटौँडा, असार १९ गते । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ल्याएको बजेटमाथि आज (मङ्गलबार) बाट मन्त्रालयगत रुपमा छलफल सुरु हुने भएको छ । प्रदेश सभाको बैठक मङ्गलबार (आज)  दिउँसो ३ बजे बस्दै छ ।

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक रत्नप्रसाद ढकालले आजको प्रदेश सभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफल सुरु हुने भन्दै शून्य समय राख्ने बारेमा पनि छलफल भएको बताउनुभयो ।

यस्तै प्रदेश सभा सचिवालयले आगामी आवको बजेटमा प्रदेश सभा सदस्यहरुलाई खर्च कटौतीको प्रस्ताव आज ३ बजेभित्रमा प्रदेश सभा सचिवालयमा दर्ता गर्न सूचना जारी गरेको छ । खर्च कटौटीको प्रस्तावमाथि बुधबार छलफल हुनेछ ।

आर्थिक वर्ष २०८०/०८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्नेसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० पेस गर्नुभएको थियो । 

आगामी आवको बजेटप्रति असन्तुष्टि जनाउँदै प्रदेश सभाको बैठक अवरोध गर्दै आएकोमा प्रदेश सरकारले विपक्षी दलहरुको माग सम्बाेधन गर्ने सहमति जनाएपछि प्रदेश सभाको बैठक सातौँ दिन सोमबारबाट सुचारु भएको थियो ।